१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
फाइल तस्बिर
मोहन विष्ट कन्चनपुर
२o८१ बैशाख १८ मंगलबार १२:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कञ्चनपुरका दुई जुवाखालबाट २५ जना पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कन्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:५७:oo

कञ्चनपुरका दुई जुवाखालबाट चार लाख नगदसहित २५ जना पक्राउ परेका छन्। उनीहरू कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया र भीमदत्त नगरपालिका– १९ बागफाँटाका दुई जुवाखालबाट पक्राउ परेका हुन्। 

गुलरियाबाट १५ र बागफाँटाबाट १५ जुहाडे चार लाख ३१ हजार पाँच सय पाँच रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। 

प्रदेश र स्थानीय प्रहरीकाे टाेलीले गुलरियाकाे मदिरा पसलबाट जुवा खेलिरहेको अवस्थामा दुई लाख नगदसहित १५ जना र भीमदत्त नगरपालिका- १९ बागफाँटाकाे जुवाखालबाट दुई लाख ७७ हजार पाँच हजार पाँच रुपैयाँ नगदसहित १० जना पक्राउ गरेका हुन्।  

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी पुष्करराज पन्तले गोप्य सूचनाका आधारमा प्रहरी टोलीले जुवाखालबाट पक्राउ गरेको जानकारी दिए।
 

ad
ad