१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २१:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इजरायलमा रहेका नेपालीकाे उद्धार गर्न नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:३९:oo

इजरायलमा रही नेपाल फर्कन चाहने नेपालीलाई उद्धार गर्न सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान विमान चार्टर्ड गर्ने भएको छ।

मन्त्रिपरिषद्को बैठकपछि परराष्ट्र मन्त्रालयले सोमबार वक्तव्य जारी गरी भनेको छ, ‘अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध गर्ने।’ 

इजरायलले जहाज चार्टरका लागि अनुमति दिएपछि मात्र सरकारले उद्धार उडान सुरु गर्नेछ। ‘आफू रहेको स्थानबाट सुरक्षित स्थानमा स्थानान्तरण हुन, उद्धार हुन तथा नेपाल फर्कन चाहने नेपालीले नेपाली राजदूतावास, तेल अबिबले खुला गरेको अनलाइन रजिस्ट्रेसन प्रणालीमा आफ्नो विवरण यथाशीघ्र प्रविष्ट गर्नुहुन परराष्ट्र मन्त्रालय हार्दिक अनुरोध गर्दछ,’ परराष्ट्रले भनेको छ।

इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली राजदूतावासलाई स्वीकृति पनि दिइएको छ।

इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु पुष्टि भइसकेको छ भने एकजना हराइरहेका छन्। हमासको आक्रमणपछि सम्पर्कविहीन भएका एक नेपाली विद्यार्थीको खोजी भइरहेको परराष्ट्रले जनाएको छ। 

जोखिमयुक्त स्थानमा रहेकाहरूमध्ये दुईवटा समूहका विद्यार्थीलाई नेपाली राजदूतावासको पहलमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

ad
ad