१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o९:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

विस्तारको तीन महिनापछि तरुण दलमा शपथ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:३८:oo

केन्द्रीय समिति विस्तारको तीन महिनापछि तरुण दलका केन्द्रीय सदस्यको शपथग्रहण सम्पन्न भएको छ । गत १३ असारमा तरुण दलको तदर्थ समितिमा चार सय केन्द्रीय सदस्य मनोनीत गरिए पनि शपथ हुन सकेको थिएन । आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा तरुण दलका अध्यक्ष विद्वान गुरुङले मनोनीत सदस्यलाई शपथ गराए । केन्द्रीय सदस्यलाई पार्टी सभापति देउवाको उपस्थितिमा शपथग्रहण गराउने तयारी गरिएको भए पनि देउवा अस्वस्थ रहेकाले उपस्थित भएनन् । शपथपछि अध्यक्ष गुरुङले अब छिट्टै पहिलो बैठक बसेर महाधिवेशनतर्फ केन्द्रित हुने बताए । 

तरुण दलको ०७३ पछि नियमित अधिवेशन हुन सकेको छैन । निवर्तमान अध्यक्ष जितजंग बस्नेत १४औँ महाधिवेशबाट केन्द्रीय सदस्य निर्वाचित भएपछिको अवस्थामा ९ चैत ०७८ मा सभापति शेरबहादुर देउवाले विद्वान गुरुङलाई तदर्थ समितिको अध्यक्ष बनाए । तर, लामो समयसम्म केन्द्रीय समिति घोषणा हुन सकेको थिएन । केन्द्रीय समिति घोषणापछि तरुण दलको पहिलो बैठक समेत बस्न सकेको छैन । जसले केन्द्रीय सदस्यहरू जिम्मेवारीविहीन रहँदै आएका छन् ।

नेविसंघको विस्तारमै उल्झन
०७३ पछि नियमित अधिवेशन रोकिएको नेविसंघमा २२ साउनमा सात सय केन्द्रीय सदस्य घोषणा गरिए पनि अझै केन्द्रीय समिति विस्तारमै अल्मलिएको छ । केन्द्रीय समिति विस्तारमा कांग्रेसको शेखर–गगन समूहको असन्तुष्टि र विरोधपछि ३ भदौमा एक साताभित्र थप नाम समावेश गर्ने र महाधिवेशनकेन्द्रित हुने सहमति बनेको थियो, तर अझै नाम समावेश हुन सकेको छैन । 

सहमतिपत्रमा निवर्तमान अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य राजीव ढुंगानाको रोहवरमा भएको सहमतिमा केन्द्रीय कार्यालयका तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेलसमेत हस्ताक्षर गरेका थिए । नेविसंघ अध्यक्ष दुजाङ शेर्पा असन्तुष्ट पक्षलाई समेटेर कमिटी विस्तारको तयारीका कारण समय लागेको बताउँछन् । उनले यस विषयमा पार्टी नेतृत्वसँग छलफल भइरहेको बताए । 

‘आवश्यक नाम समेटेर समेटर महाधिवेशनकेन्द्रित बन्नेछौँ  । यसबारे नेतृत्वसँग पनि छलफल भइरहेको छ । पछिल्लो समय इन्जिनियरिङमा भएको शुल्कवृद्धिको आन्दोलन, मूल्यवृद्धिलगायतको विरोधमा नेविसंघको भूमिकाकेन्द्रित हुँदा केही ढिलाइ भएको छ,’ शेर्पाको भनाइ छ । तर, सहमतिको डेढ महिनासम्म पनि विस्तार नभएपछि असन्तुष्ट समूहले फेरि आन्दोलन थालेको छ । शुक्रबार दबाबस्वरूप पार्टी कार्यालय सानेपामा जम्मा भएर विरोध गरेका थिए । आन्दोलनको नेतृत्व गरेका तथा सहमतिपत्रमा हस्ताक्षर गर्नेमध्येका विनोद शाही ठकुरीले शनिबार सानेपामा प्लेकार्डसहित प्रदर्शन गरेर नेतृत्वलाई दबाब दिन लागिएको बताए । 

‘३ भदौमा पार्टीका मुख्यसचिवसहितले गरेको सहमति कार्यान्वयनमा ढिलाइ र बेवास्ता गरिनु उचित होइन । नाममा मात्र सहमति गर्ने र कार्यान्वयनमा विभिन्न बखेडा निकालेर ओझेलमा पार्ने काम भएको छ । यस्ता गलत प्रवृत्तिविरुद्ध हामी फेरि आन्दोलनमा जानुपर्ने अवस्था आएको छ,’ ठकुरीले भने । नेविसंघको ०७३ पछि महाधिवेशनको साढे दुई वर्षपछि महाधिवेशन हुन नसकेपछि तत्कालीन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका थिए । १६ माघ ०७६ मा राजीव ढुंगानाको संयोजकत्वमा तदर्थ समिति बनाइएको थियो । तर, महाधिवेशन हुन सकेको थिएन । 

ad
ad