१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

गरिमा विकास बैंकको क्रेडिट कार्डमा इएमआई सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:३९:oo

गरिमा विकास बैंकले आफ्ना ग्राहकका लागि क्रेडिट कार्डमा इएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको छ।

क्रेडिट कार्डलाई थप ग्राहकमैत्री बनाउने उद्देश्यले विकास बैंकहरूमा नै पहिलोपटक क्रेडिट कार्डमा इएमआई सेवा  सुरु गरेको बैंकले जनाएको छ।

यसअन्तर्गत बैंकले सम्झौता गरेका विक्रेताहरूसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकैपटक नभई शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताको रूपमा तिर्न सकिनेछ। साथै, ग्राहक आफैँले पनि अन्यत्रबाट सामान खरिद गरी गरिमा विकास बैंकमा भ्याट बिल पेस गरी यो सुविधा लिन सक्ने बैंकले जनाएको छ।

बैंकले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्ने र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने विश्वास राखेको छ। हाल, गरिमा विकास बैंकले देशभर एक सय २२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैंकिङमार्फत बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ।

ad
ad