१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३१:oo

- अस्वस्थकर खानाका माध्यमबाट हाम्रो शरीरमा विभिन्न कीटाणु प्रवेश गर्छन् र झाडापखाला, टाइफाइड, हैजाजस्ता रोग लाग्ने गर्छ । त्यसैले भान्सा सफा राख्न अनिवार्य छ । 

- भान्सामा रहेको दराज वा र्‍याकको नियमित सफाइ गर्नुपर्छ । अन्यथा, भिंmगा, साङ्ला, माउसुली, लामखुट्टेजस्ता हानिकारक जीव भान्सामा देखा पर्छन् । त्यस्तै, डाइनिङ टेबललाई पनि सफा राख्नुपर्छ । 

- भान्सामा सबैभन्दा बढी प्रयोगमा आउने सामान हो, ग्यासचुलो । तातोपानी, भाँडा धुने साबुन, बेकिङ सोडाको प्रयोग गरेर ग्यासचुलो चम्काउन सकिन्छ । जसले कीटाणुबाट हुन सक्ने जोखिमबाट बच्न सकिन्छ । 

- फ्रिजलाई समय–समयमा सफा गरिरहनुपर्छ । नरम कपडालाई कागतीपानीमा भिजाएर फ्रिजमा लागेको दाग हटाउन सकिन्छ । जसले त्यसमा रहेका ब्याक्टेरियालाई पनि हटाउँछ । फ्रिज नर्मल पनि ढाक्ने र नढाक्ने हुन्छ ।

- सामान्यतया जुठा भाँडाकुँडा राख्नुहुन्न, माझिहाल्नुपर्छ भन्ने हाम्रो मान्यता छ । जुन स्वास्थ्यका दृष्टिकोणले पनि एकदमै ठीक हो । जुठो भाँडा लामो समयसम्म राख्दा त्यसमा ब्याक्टेरिया जम्मा हुन्छन् । जसका कारण हाम्रो शरीरमा रोगको संक्रमण हुने सम्भावना उच्च रहन्छ । तसर्थ, खाना खाइसकेपछि सकेसम्म छिटो भाँडा सफा गर्नुपर्छ । 

- खाना बनाउँदा धुवाँ तथा खारको कारण फोहोर निम्तिने भएकाले चिम्नी प्रयोग गर्नु राम्रो हुन्छ । विशेषगरी तरकारी पकाउँदा खुर्सानीको राग, रोटी बनाउँदा निस्केको धुवाँ घरभरि फैलिन्छ, त्यसले फोहोर र दुर्गन्ध फैलाउँछ । यसबाट बच्न गुणस्तरीय चिम्नीको छनोट गर्नुपर्छ । 

ad
ad