१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
यांग्री खोलाको फाइल तस्बिर
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:५६:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकामा यसै वर्ष ल्याउने भनिएको यांग्री र लार्के खोला खानेपानी आयोजना अनिश्चित 

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:५६:oo

आयोजनास्थलसम्म पुग्ने ट्र्याक मात्रै निर्माण, डिजाइन समीक्षा गर्नुपर्ने सुझाव

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको यांग्री र लार्के खोलाको खानेपानी तीन वर्षमा काठमाडौं उपत्यका भित्र्याउने घोषणा गरेका थिए । ०७७ मा मेलम्ची खानेपानी आयोजनको पानी उपत्यकामा आएको अवसरमा उनले यस्तो घोषणा गरेका थिए । आव ०७८/७९ को बजेटमा योजना सुरु गर्न मेलम्ची खानेपानी आयोजनाका नाममा ५१ करोड बजेट विनियोजनसमेत भएको थियो ।

मेलम्ची आयोजनाको दोस्रो चरणअन्तर्गत लार्के र यांग्री खोलाबाट दैनिक ३४ करोड लिटर खानेपानी प्रणालीमा थप गर्न सुरुङलगायत अन्य पूर्वाधार निर्माण आरम्भ गर्न उक्त बजेट विनियोजन भएको थियो । यदि उनको घोषणाअनुसार काम भएको भए अहिले उपत्यकावासीको घरआँगनमा यांग्री र लार्के खोलाको पानी आइसक्थ्यो ।

राजेन्द्रप्रसाद पन्त, प्रवक्ता, मेलम्ची खानेपानी विकास समिति

हामी त काम गर्न तयारी अवस्थामै छौँ । तर, सरकारले आफैँ बनाउने कि कुनै दातृ निकायको सहयोगमा बनाउने हो निर्णय गर्नुपर्‍यो । सरकारले नै बनाउने हो भने स्रोत खोज्नुपर्‍यो । हामीले गर्नुपर्ने काम गर्न तयार छौँ । डिपिआरअनुसार २५ अर्बको लागतमा निर्माण सम्पन्न गर्ने मेलम्ची आयोजनाले लक्ष्य राखेको थियो । हालसम्म पनि यांग्री र लार्के आयोजनाको निर्माण सुरु नभएकाले उक्त रकम अझै बढ्ने देखिएको छ । 

तर, हालसम्म यांग्री र लार्के खानेपानी आयोजनाको प्रस्तावित स्थानसम्म पुग्ने बाटोको ट्र्याक निर्माणबाहेक अन्य काम भएको छैन । जसका कारण आयोजना थप अनिश्चित बनेको छ । मेलम्ची खानेपानी आयोजनामा जोडेर यांग्री र लार्के खोलाबाट उपत्यकामा दैनिक ३४ करोड लिटर पानी ल्याउने सरकारकाले घोषणा गरेको थियो ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार यांग्री र लार्के नदीबाट पानी ल्याउन हालको डिजाइन समीक्षासमेत गर्नुपर्ने स्थिति छ । ‘यांग्री र लार्केको पानी ल्याउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार छ, तर पछिल्लो समय मेलम्चीमा देखिएको समस्याका आधारमा डिजाइन रिभ्यु गर्नुपर्ने देखिन्छ,’ समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने, ‘हाल यांग्री र लार्के नदीको पानी ल्याउन बाटोको ट्र्याक खोल्नेबाहेक अन्य काम भएको छैन ।’

काम सुरु गर्ने मिति अनिश्चित 
तत्कालीन प्रधानमन्त्री ओलीले घोषणा गरेअनुरूप यांग्री र लार्के खानेपानी आयोजनाको डिपिआर निर्माण सम्पन्न गर्न पाँच वर्ष लाग्ने उल्लेख भए पनि तीन वर्षभित्र खानेपानी काठमाडौं ल्याउने सरकारको तयारी थियो । तर, अहिलेसम्म कहिलेदेखि काम सुरु गर्ने भनेर मितिसमेत घोषणा हुन सकेको छैन । यांग्री र लार्के खानेपानी आयोजना सरकारले नै निर्माण गर्ने वा कुनै दातृ निकायबाट गराउने भन्नेसमेत निक्र्योल हुन सकेको छैन । ‘हामी त काम गर्न तयारी अवस्थामै बसेका छौँ । तर, सरकारले आफैँ बनाउने कि कुनै दातृ निकायको सहयोगमा बनाउने हो, निर्णय गर्नुपर्‍यो । सरकारले नै बनाउने हो भने स्रोत खोज्नुपर्‍यो । हामीले गर्नुपर्ने काम गर्न तयार छौँ,’ प्रवक्ता पन्तले भने । डिपिआरअनुसार २५ अर्बको लागतमा निर्माण सम्पन्न गर्ने मेलम्ची आयोजनाले लक्ष्य राखेको थियो । हालसम्म पनि यांग्री र लार्के आयोजनाको निर्माण सुरु नभएकाले उक्त रकम अझै बढ्ने देखिएको छ । 

मेलम्ची आयोजना पुनर्निर्माण मनसुनको अन्त्यपछि मात्रै
साउन अन्तिम साताको वर्षाका कारण मेलम्ची बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्सलगायत संरचना पुरिएका थिए । जसका कारण आयोजनाबाट उपत्यकामा पानी ल्याउन सकिएको छैन । अझै पनि दैनिकजसो वर्षा भइरहेकाले उक्त संरचना मर्मत एवं पुनर्निर्माण सुरु हुन नसकेको समितिले जनाएको छ ।

समितिका अनुसार मनसुन सकिएपछि मात्र आयोजनाको पुनर्निर्माण सुरु हुन्छ । मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने अवस्था छ । यसकारण दसैँअगाडि मेलम्ची पुनर्निर्माण हुनेछैन । जसका कारण यसै वर्ष उपत्यकावासीका धारामा मेलम्चीको पानी फेरि आउन असम्भवजस्तै छ । ‘हेडवर्क्समाथि हुँदै आयोजनास्थलसम्म जान सक्ने अवस्था त छ । तर, खोलैखोला बनाएको अस्थायी बाटो बाढीले भत्काएले उपकरण लगेर काम गर्न सक्ने अवस्था छैन । दैनिकजसो पानी परिरहेकाले जोखिम अझै छ,’ समितिका प्रवक्ता पन्तले भने, ‘मनसुनअगाडि त्यहाँ गएर क्षतिको आकलन, पुनर्निर्माणलगायत काम गर्न सकिँदैन ।’ समितिका अनुसार मनसुनपछि अस्थायी बाटो बनाउँदै अगाडि बढिनेछ । त्यसपछि आयोजनास्थलको अन्य काम हुनेछ । 

मेलम्चीको हेडवर्क्स मात्र होइन, पानीले बाटो बिग्रिँदा क्षतिको यकिन तथ्यांकसमेत आउन सकेको छैन । बाढीले हेडवर्क्स पुरिनुका साथै १ नम्बर गेट मर्मत गर्नुपर्ने अवस्था छ भने ९ नम्बर गेटमा पनि सफाइ गर्नुपर्ने अवस्था छ । जसकारण समितिले मंसिर मसान्तसम्म मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउने भने पनि यो मितिसमेत धकेलिने भएको छ । मेलम्चीको पानी बर्खा सुरु भएसँगै गत असार पहिलो सातादेखि बन्द गरिएको थियो ।

यसअघि १ असार ०७८ र १५ साउनमा पनि मेलम्ची नदीमा आएको बाढीका कारण हेडवर्क्स र सुरुङमा क्षति पुगेको थियो । मेलम्ची बजारदेखि हेडवर्क्स क्षेत्र अम्बाथानसम्मको २२ किलोमिटरमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको थियो भने यांग्री खोलातर्फ पाँच किलोमिटर सडक क्षतिग्रस्त छ । आयोजनास्थलसम्म पुग्ने ६ वटा पक्की पुल पनि बगाएको थियो ।

ad
ad