१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका राजविराज
२o८१ बैशाख १८ मंगलबार o७:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:५o:oo

हिन्दू विवाहित नारीहरूले पति तथा सन्तानको सुख, शान्ति र लामो आयुको कामना गर्दै मनाउने जितिया पर्व बिहीबारबाट सुरु भएको छ । खासगरी मिथिलाञ्चल क्षेत्रमा लोकप्रिय रहेको जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म मनाइन्छ ।

पर्वको पहिलो दिन सप्तमी तिथिमा ‘नहा, खा’ (नुहाएर खानु) विधिबाट पर्व सुरु भएको हो । व्रतालु नारीहरूले नदी, पोखरी तथा जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, तेल र सिन्दुर भगवान् जितमाहनको पूजा गरेका छन् ।

पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ पनि भन्ने गरिन्छ । जितियाको दोस्रो दिन अष्ठमीमा २४ घन्टा लामो निराहार उपवास बसेर भगवान् जितमाहनको कथा सुन्ने गरिन्छ ।

अन्तिम दिन नवमी तिथिमा पुनः नदी, पोखरी तथा जलाशयमा स्नान गरी घरमा आएर चौका लगाई चिउरा, दही तथा सखरको प्रसाद अर्घ्य दिएर व्रत समाप्त गरिन्छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा तान्त्रिक महत्ववसमेत रहेको जानकारहरूको भनाइ छ ।

ad
ad