१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख २० बिहीबार १४:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

छिन्नमस्ताको मुकुट प्रकरण : गाउँपालिकाले समितिसँग माग्यो सातदिने लिखित जवाफ

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:१४:oo

छिन्नमस्ता गाउँपालिकाले छिन्नमस्ता भगवती संरक्षण संवर्द्धन समितिसँग सात दिनभित्र लिखित जवाफ माग गरेको छ। छिन्नमस्ता भगवतीको मूर्तिको चाँदीको मुकुट परिवर्तन गरेको विषयमा गाउँपालिकाले समितिसँग लिखित जवाफ मागेको हो।

छिन्नमस्ता भगवतीको मूर्तिको चाँदीको मुकुट परिवर्तन गर्दै गत असोज ४ गते व्यक्तिको नाम कुँदेर बनाइएको मुकुट लगाइएको थियो। सो कार्यको विरोध भएपछि नाम कुँदेको मुकुट हटाएर पुरानै राखिएको थियो।

गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले मन्दिर समितिलाई पठाएको पत्रमा भनिएको छ, ‘करोडौँ भक्तजनको आस्थाको केन्द्र रहेको छिन्नमस्ता भगवती मन्दिरमा भएको यो कार्यले गाउँपालिका गम्भीर छ। यस्तो कार्यले भगवती मन्दिरप्रति आस्था राख्ने करोडौँ भक्तजनमाथि आघात पुगेको छ।’

समितिले के–कति कारणले, कुन ऐन, कार्यविधि र विधानअनुसार व्यक्तिको नामसहितको मुकुट परिवर्तन गरेको हो भन्ने विषयमा चित्तबुझ्दो जवाफ मागेको पत्रमा उल्लेख छ।

ad
ad