१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असोज १५ सोमबार ११:२२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल भित्रियो अमेरिकन रेस्टुरेन्ट ‘केन्नी रोजर्स रोस्टर्स’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज १५ सोमबार ११:२२:००

अमेरिकन रेस्टुरेन्ट ब्रान्ड केन्नी रोजर्स रोस्टर्स (केआरआर) नेपाल भित्रिएको छ । काठमाडौंको दरबारमार्गमा केन्नी रोजर्सको आउटलेट सञ्चालनमा आएको हो ।गुल्मीका दुई युवा व्यवसायी चन्द्रबहादुर थापा र लोकेन्द्र महतराले अमेरिकन रेस्टुरेन्ट ब्रान्डलाई नेपाल भित्र्याएका हुन् । गुण ग्रुपले सञ्चालन गरेको ‘दरबार मल’को दोस्रो तलामा रेस्टुरेन्ट रहेको छ । रेस्टुरेन्टमा करिब तीन करोड रुपैयाँ लगानी भएको सञ्चालक थापाले जानकारी दिए । रेस्टुरेन्ट दुई हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ, जहाँ एकैपटक ७० जनासम्मले सेवा पाउन सक्छन् । 

केन्नी रोजर्स रोस्टर्स नेपालमा पहिलोपटक भित्रिएको हो । ‘विदेशमा ठूला जहाजमा म्यानेजरको काम गर्दा केन्नी रोजर्स रेस्टुरेन्टमा खाना खाइन्थ्यो, यो रेस्टुरेन्टले फरक स्वादमा स्वस्थ परिकार पस्कने थाहा पाइयो,’ रेस्टुरेन्टका अर्का सञ्चालक महतराले भने, ‘नेपालमा स्वादिला परिकार खोज्दै रेस्टुरेन्ट धाउनेहरू बढ्दै छन्, त्यसैले नयाँ स्वाद पस्किन अमेरिकी ब्रान्डलाई भित्र्याएका हौँ ।’

केन्नी रोजर्स रोस्टर्सको मुख्य डिसका रूपमा रहेको चिकेनका परिकार बनाउन फ्रान्स र जर्मनीबाट आधुनिक मेसिन ल्याएको महतराले बताए । रेस्टुरेन्टका मुख्य परिकारमा तेल नहाली पकाइने मेसिन रोस्टेड होल चिकन, फ्राइड र अनफ्राइड (ओएमजी) चिकन, पिज्जा स्वादको स्यान्डविच, फिस बर्गरलगायत छन् ।