१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असोज १४ आइतबार १५:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोक्षदा स्कुललाई दोहोरो सफलता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज १४ आइतबार १५:३४:००

मोक्षदा स्कुलले कथावाचन प्रतियोगितामा दोहोरो सफलता पाएको छ । प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ)ले ज्ञानदीप शिक्षा सदनमा शुक्रबार आयोजना गरेको अन्तरस्कुल कथावाचन प्रतियोगितामा छात्र र छात्रा दुवै समूहमा प्रथम स्थान प्राप्त गरेर मोक्षदाले सो सफलता हात पारेको हो।

प्रतियोगिताको छात्रातर्फको प्रतिस्पर्धामा मोक्षदा स्कुलकी तपस्या खतिवडा, दुर्गा भवानी एकेडेमीकी दिवास्ना धमला, अनमोल ज्योतिकी समीक्षा दाहाल र न्यु सनसाइन स्कुलकी प्रतिमा राई क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्न सफल भएका थिए।

त्यसैगरी, सोही प्रतियोगिताको छात्रतर्फको प्रतिस्पर्धामा मोक्षदा स्कुलका निरञ्जन उप्रेती, दुर्गा भवानी एकेडेमीका उज्ज्वल गौतम, महान् सिद्धार्थ हाइस्कुलका आशुतोष दुलाल र निमोनिक मोडर्न एकेडेमीका शुभम भण्डारीले क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गरेका थिए। प्रतियोगितामा नाै स्कुलका नाैजना छात्र र नाैजना छात्राको सहभागिता रहेको थियो।

प्रतियोगिताका विजयी विद्यार्थी तथा विद्यालयलाई लुम्बिनी फाउन्डेसनका निर्देशक रविनचन्द्र कोइराला, अच्युत घिमिरे ‘बुल्बुल’, देव न्यौपाने, सीता भट्टराईलगायतले पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए। कार्यक्रममा ज्ञानदीप शिक्षा सदनका विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए।