१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख ३० आइतबार १७:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

निगमको जहाज इजरायलमा मर्मत गरेर काठमाडौं ल्याइयो

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:१o:oo

नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर काठमाडौं ल्याइएको छ।

इजरायलमा मर्मतसम्भार सकेर ल्याइएको जहाज शनिबार साँझ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

उनले भने, ‘उक्त जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आएपछि इजरायलस्थित नियमानुसार छनोट भएको मर्मत र मर्मत संगठन (एमआरओ)मा मर्मत गराइएको थियो। मर्मतपश्चात् जहाज शनिबार साँझ काठमाडौं आइपुगेको छ।’

‘मर्मतका क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य प्राविधिक समस्याहरूका अतिरिक्त इन्जिनभित्रको ३१ वटा ब्लेड पूरै फेर्नुपर्ने देखिएको र एमआरओ तथा निगमका सम्बन्धित इन्जिनियरहरू एवं प्राविधिकहरूको प्रतिवेदनअनुसार बजारमा सोसँग सम्बन्धित पार्टपुर्जाहरूको अभाव भएकाले मर्मतसम्भार कार्यमा केही ढिलाइ हुन पुगेको हो,’ प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

सो विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यमा इजरायलस्थित नेपाली राजदूतावासबाट भएको सहयोग र समन्वयका लागि निगमले आभार प्रकट गर्दछ। जहाजको इन्जिन मर्मतमा ढिलाइ हुन गएको विषयलाई गम्भीरतापूर्वक अध्ययन विश्लेषण गरी सम्झौताअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।’

ad
ad