१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २७ शनिबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २७ शनिबार ११:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पिइएफको सोह्रौँ वार्षिकोत्सव सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २७ शनिबार ११:५७:oo

प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) को सोह्रौँ वार्षिकोत्सव सम्पन्न भएको छ। राष्ट्रिय नाचघरमा आयोजित भव्य कार्यक्रममार्फत फोरमले आफ्नो सोह्रौँ वार्षिकोत्सव मनाएको हो। वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठलाई अभिनन्दन गरिएको सो कार्यक्रममा फोरममा आबद्ध १० विद्यालयबीच नृत्य तथा गायन प्रतियोगिता आयोजना गरिएको थियो। 

सांस्कृतिक नृत्यतर्फको सो प्रतियोगितामा अनमोल ज्योति स्कुल, मोक्षदा स्कुल र महान् सिद्धार्थ स्कुलले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए। राष्ट्रिय गीतको गायनतर्फ निमोनिक एकेडेमी, मिसन पब्लिक र न्यू सनसाइन स्कुल क्रमशः प्रथम, द्वितीय र तृतीय घोषित भएका थिए। 

सो कार्यक्रममा फोरमका सदस्य विद्यालयबाट २०७९ सालको एसइईमा सहभागी भई उत्तीर्ण भएका सम्पूर्ण छात्रछात्रालाई प्रमाणपत्र तथा मायाको चिनोद्वारा सम्मानित गरिएको थियो। सम्मानित छात्रछात्रामध्ये सर्वाधिक जिपिए (३.८५) ल्याउने मोक्षदा स्कुलकी रक्षा खतिवडा र मिसन पब्लिकका चन्दन साहले आ-आफ्नो मन्तव्य राखेका थिए।

अभिनन्दन कार्यक्रमपछि बोल्दै अभिनन्दित स्रष्टा दीप श्रेष्ठले यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा प्रस्फुटनमा ठूलो सघाउ पुग्ने विचार प्रकट गरे। कार्यक्रममा फोरमकी अध्यक्ष तथा ज्ञानदीप शिक्षा सदनकी प्रिन्सिपल सीता भट्टराई, काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राई तथा काठमाडौं जिल्ला शिक्षा समन्वय एकाइका परीक्षा प्रमुख फणीन्द्र घिमिरेले पनि आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए।