१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख ३० आइतबार १७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संखुवासभामा घर आगलागी हुँदा ३० लाखको क्षति

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:१७:oo

संखुवासभाको चैनपुरमा घर आगलागी हुँदा ३० लाख रुपैयाँबराबरको क्षति भएको छ।

आइतबार बिहान करिब साढे ७ बजेतिर चैनपुर नगरपालिका– ८ दुम्सेमा स्थानीय नरबहादुर मगरको घरमा विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

काठको खम्बा, फुसको छानो भएको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीमा मानवीय र पशुचौपयाको क्षति भएको छैन। घटनास्थल खराङ बजारबाट ११ किमि उत्तरमा रहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय संखुवासभामा घर आगलागीका घटना तीव्र रूपमा बढेका छन्। दुई दिनअघि मात्रै चैनपुर नगरपालिका–२ तिखिढुंगामा झलकबहादुर अधिकारी, मकालु गाउँपालिका–४ भैँसीखर्कमा भूपाल तामाङ बम्जन र मकालु गाउँपालिका–५ मा खोकताकमा भीमबहादुर तामाङको घर जलेर नष्ट भएको थियो। खोकताकमा घर जल्दा भीमबहादुरको श्रीमती भीममाया तामाङसमेत जलेर घाइते भएकी थिइन्।
 

ad
ad