१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o९:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ओखलढुंगा जिसस प्रमुख डिल्लीराम खनालको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:४५:oo

जिल्ला समन्वय समिति (जिसस) ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । आमाशयको क्यान्सरबाट पीडित खनालको उपचारकै क्रममा ७३ वर्षको उमेरमा शनिबार राति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको हो । 

०७४ को स्थानीय निर्वाचनमा सिद्धिचरण नगरपालिकाको प्रमुखका उम्मेदवार बनेका खनाल ०७९ को निर्वाचनबाट सिनपा– ३ को वडासदस्य बनेर जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएका थिए। कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको पूर्वउपसभापति, पूर्वमहासमिति सदस्यसमेत रहेका खनाल जिल्लामा कांग्रेसका अभिभावक नेता मानिन्थे । 

खनालको निधनले पार्टी र सिंगो ओखलढुंगा जिल्लालाई अपूरणीय क्षति भएको कांग्रेस नेता रामहरि खतिवडाले बताए । खनालका दुई छोरा दुई छोरी छन् । दिवंगत खनालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

ad
ad