१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

महिला भलिबल : भियतनामसँग डेब्यु खेलमै हार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:४९:oo

देकिङ स्पोर्टस् सेन्टर जिम्न्यासियममा नेपाली महिला भलिबल टोली भियतनामसँग ३–० को सोझो सेटमा पराजित भयो । तीन सेटमै भियतनामले नेपालमाथि दबाब राखेको थियो । भियतनामले २५–४, २५–१६ र २५–१३ को नतिजा निकाल्यो । नेपालविरुद्ध प्रतिस्पर्धा गरेको भियतनामका खेलाडीले हालै मात्र एसियन च्याम्पियनसिपमा तेस्रो स्थान रक्षा गरेका थिए । एसियन च्याम्पियनसिपको अनुभव बटुलेको भियतनामविरुद्ध नेपाली खेलाडीले तेस्रो सेटको सुरुवाती तीन अंक मात्र चुनौती दिए । यसबाहेक अन्य समय नेपाली खेलाडी अति नै कमजोर देखिएका थिए । नेपालले समूह ‘सी’को अर्को खेलमा सोमबार दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

पहिलो सेटमा भियतनामले २२ स्कोर गरेको अवस्थामा नेपालले केवल चार स्कोर गर्‍यो । दोस्रो सेटमा नेपालले सुरुमै भियतनामलाई १–१ को स्कोर गरेको थियो । अग्ला र निकै चलाख देखिएका भियतनामी खेलाडी नेपाललाई त्यसपछि रोक्दै लगातार अंक बटुली १४–५ ले अगाडि रहे । यस सेटमा नेपालले केही सुधारिएको प्रदर्शन गरेको थियो । भियतनामले १८ स्कोर गर्दा नेपालले ११ स्कोर गर्‍यो । तेस्रो सेटमा नेपालले लगातार तीन स्कोर गरी ३–० को अग्रता लियो ।

यद्यपि, भियतनामले स्कोर गर्न थालेपछि रोकिएन । भियतनामले ३–३ को स्कोर गरी अगाडि बढ्यो । नेपालको ब्लक, डिफेन्स र प्लेसिङको कमजोरीको फाइदा लिँदै भियतनामले १६–६ को स्कोर गरेको थियो । केही सुधारिएको प्रदर्शन गरेको नेपालले २१–१० को स्कोर गर्‍यो । तर, नेपालका अनुभवी खेलाडीले पटक–पटक गल्ती गर्दा विपक्षीले त्यसको फाइदा लियो ।

नेपाललाई २५–१३ मै रोक्न सफल भयो । नेपालकी कप्तान अरुणा शाहीले सोचेको जस्तो प्रदर्शन गर्न नसकेको बताइन् । ‘पहिलो सेटमा खासै खेल्न सकेनौँ । दोस्रो र तेस्रो सेट ठिकै खेलेको हो, तर यस किसिमको अन्तरले पराजित हुन्छौँ भनी सोचेका थिएनौँ । आगामी खेलमा खेल्न सहज हुनेछ,’ उनले भनिन्, ‘खेल कठिन हुन्छ भन्ने थाहा थियो । मैले व्यक्तिगत र टिमले नै अझ राम्रो गर्न सक्छौँ ।’त्यसअघि नेपाल एभिसी सेन्ट्रल जोन महिला भलिबलमा दुईपटक च्याम्पियन बनेको थियो । एसियाडमा नेपालको पुरुष भलिबल टोली गत साता नै समूह चरणबाट बाहिरिएर घर फर्किसकेको छ । 

नेपालको स्तर पुगेन
एन्डी ब्रान्ट, प्रशिक्षक, नेपाल 

नेपाल एसियन लेभलमा कहाँ छौँ भन्ने भियतनामसँगको खेलले प्रमाणित गरेको छ । हामी जुन स्थानमा अभ्यास गरिरहेका छौँ, हामीले जस्तो माहोल पाएका छौँ, त्यसअनुसार एसियाडजस्तो प्रतियोगितामा भाग लिँदा स्तर नै पुगेन । यो स्तरको प्रतियोगितामा सुरु राम्रो नहुँदा विपक्षीले दबाब कायम गर्छन् । सुरुमै लगातार अंक गएपछि केही नर्भस भए । पछिल्ला दुई सेट भने सुधार भयो । पहिलो खेलमा हाम्रा खेलाडी धेरै नर्भस भए । दोस्रो खेलमा १६ स्कोर गर्न सक्नु राम्रो हो । खेलाडीले बिस्तारै लय समाउँदै छन् । हामी एसियामा धेरै तल छौँ । नेपालको तुलनामा प्राविधिक रूपमा अन्य टोली माथि छन् । तर पनि खेलबाट सन्तुष्ट छौँ । दक्षिण कोरियासँग सुधारिएको खेल खेल्नेछौँ । 

ad
ad