मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Saturday, 22 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ११ बिहीबार २१:१६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार २१:१६:oo

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, शृंगार र होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी ती संस्थाका वस्तु तथा सेवामा आफ्ना ग्राहकलाई छुट पाउने सम्झौता गरेको छ । 

बैंैकले आफ्नो डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले छुट पाउने व्यवस्था गरेको हो । सम्झौताअनुसार ग्राहकले ललितपुरको धापाखेल अस्पतालको ओपिडी र आइपिडी सेवामा १० प्रतिशत तथा फार्मेसीमा ५ प्रतिशत छुट पाउने जनाइएको छ । 

त्यस्तै, भैरहवामा रहेको एसियन बुद्ध होटेलमा फुड, वेभरेज तथा ग्रिल बारमा १० प्रतिशत र स्पामा २० प्रतिशत, तनहुँको आँबुखैरेनीमा रहेको मल्ल फेन्सीमा फेन्सी सामानमा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । 

यसका साथै मकवानपुरको हेटौँडामा रहेको रिसु ब्युटिपार्लरमा एक हजार रुपैयाँभन्दा बढीको सौन्दर्य सेवा लिँदा १० प्रतिशत तथा काठमाडौंको बाँसबारीमा रहेको ब्युटिफुल कलेक्सनमा क्लोदिङ प्रोडक्टमा १० प्रतिशत तथा ब्याग्स एन्ड सुजमा ५ प्रतिशत छुट पाइने जनाइएको छ । 

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।