मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
फाइल तस्बिर
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
२०८० असोज ११ बिहीबार १३:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सबै बेथितिको अन्त्य ०८४ को चुनावले गर्नेछ : रवि लामिछाने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
२०८० असोज ११ बिहीबार १३:४९:००

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहत दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन्। 

काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उनले जनताका मुद्दामा केन्द्रित भएर आफूहरू अघि बढेको जिकिर पनि गरे। 

‘हामी जनताका साना–साना मुद्दामा ध्यान दिन्छौँ, उहाँहरूका काममा साथ दिन चाहन्छौँ, चिनीको मूल्य घटाउनेतर्फ पनि अब सम्बन्धित ठाउँमा पुग्नेछौँ, सडक तताउँदैनौँ,’ उनले भने। 

उनले आफ्ना नेता तथा कार्यकर्ताले जनतालाई सडकमा आउ भन्ने होइन, अब धान काट्न बोलाउनुस् भनेर जनतासँग आग्रह गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘अब १५ दिन पार्टीको गतिविधि नगरेर भए पनि जनताकोमा गएर धान काट्नुस्।’  

रास्वपाले भ्रष्टाचारलगायत  आपराधिक घटनाका विषयमा संसदबाट विरोध जनाएको र अब एकैपटक ०८४ मा मात्रै बोल्ने नेता लामिछानेले बताए। ‘हामी आमनागरिकलाई सास्ती हुने गरी जनतालाई सडकमा उतार्दैनौँ, सबै बेथितिको अन्त्य आउँदो ०८४ को निर्वाचनले गर्नेछ,’ उनले भने।  

कार्यक्रममा रास्वपा सांसद मनीष झाले हरेक आयोजना सञ्चालन गर्दा भविष्यलाई मध्यनजर गर्नुपर्ने आवश्यकता औँल्याए। 

पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले रास्वपाले जनताका आवश्यकतालाई मसिनो ढंगले अध्ययन गरी समाधान गर्दै जाने बताए। सो अवसरमा रास्वपाका नेता रमेश खरेल, जिल्लाध्यक्ष प्रवीण ढकाललागायतले नगर भेलालाई शुभकामना दिए।