मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज १० बुधबार
  • Friday, 14 August, 2026
२o८o असोज १० बुधबार ११:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाललाई  पुरुष क्रिकेटमा कीर्तिमानको ओइरो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १० बुधबार ११:४९:oo

मंगोलियालाई दुई सय ७३ रनले पराजित गर्दै नेपालले टी-२० इतिहासकै अहिलेसम्मकै ठूलो जित निकालेर विश्वकीर्तिमान बनाएको छ। यसअघि  चेकको दुई सय ५७ रनको विश्वकीर्तिमान थियो। 

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा नेपालले दिएको तीन सय १५ रनकाे लक्ष्यमा मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो।  जम्यासुरेनले १० रन जोड्नुबाहेक अरूले  दोहोरो रन जोड्न नपाई आउट भए। 

बलिङमा नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए। करणले दुई ओभरमा एक मेडन राख्दा एक रन र अभिनाशले दुई ओभरमा एक मेडन राख्दा दुई रन मात्र दिए। सन्दीपले पनि दुई ओभरमा एक मेडन राख्दा सात रन खर्चिए। सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए।

त्यसअघि मंगोलियाविरुद्ध पहिले ब्याटिङ  गरेको नेपालले तीन विकेटको क्षतिमा तीन सय १४ रन जोड्यो। कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरेपछि नेपालले टी–२० मा इतिहासकै ठूलो योगफल तयार गरेको हो। यसअघि टी–२० को विश्वकीर्तिमानी योगफल दुई सय ७८ रन थियो।