१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एसबिआई बैंकका ग्राहकले ॐ हस्पिटलमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:४o:oo

 नेपाल एसबिआई बैंक र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिबीच ग्राहकलाई अस्पतालको सेवा–सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता तथा योनो नेपाल एसबिआई मोबाइल एप प्रयोगकर्ताले विशेष छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले सम्झौतामा हस्ताक्षर गरेको बैंकले जनाएको छ । 

सम्झौतामा हस्ताक्षर समारोहमा बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्तका साथै बैंक तथा हस्पिटलका वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको जनाइएको छ । हाल बैंकले देशभरमा ९४ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट कार्यालयका साथै एक सय २२ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।

ad
ad