१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
२o८१ जेठ १३ आइतबार o८:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तनहुँमा डेंगु संक्रमणबाट यस वर्ष तीनजनाको मृत्यु    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o८:४५:oo

डेंगुको संक्रमणबाट तनहुँमा यस वर्ष तीनजनाको मृत्यु भएको छ । मृत्यु हुने तीनैजना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार गत असार १६ गते व्यास– १० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास– ११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास– २ की १३ वर्षीया बालिकाको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेंगुको संक्रमण बढ्दो अवस्थामा रहेको बताए । कुल बिरामी संख्या एक हजार ६ सयमध्ये एक हजार तीन सय ५० बिरामी नगरपालिकाको रहेको जनाइएको छ ।  

दमौली अस्पतालमा दैनिक बिरामीको संख्या बढेपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाउने तयारी गरिएको छ । अस्पतालमा जनशक्ति कम भएको जानकारीमा आएपछि नगरपालिकाले एक डाक्टर, दुईजना ल्याबका कर्मचारी र दुईजनालाई इमर्जेन्सीमा परिचालन गर्न लागिएको उनले बताए ।

शाखा प्रमुख सोतीले भने, ‘अस्पतालमा दैनिक बिरामीको संख्या बढेको र अस्पतालको जनशक्तिले धान्न नसक्ने अवस्था आएको जानकारी भएपछि नगरपालिकाबाट तत्कालका लागि पाँचजना कर्मचारी खटाउन लागेका छौँ ।’ नगरपालिकाले टोल–टोलमा डेंगुसम्बन्धी सचेतनासमेत सुरु गरेको छ । सोतीले डेंगु नियन्त्रण रोकथामका लागि औषधि छर्कनेदेखि स्वास्थ्यसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

डेंगु संक्रमित बढेसँगै स्वास्थ्य संस्थामा शय्याको अभाव भएको छ । दमौली अस्पतालमा अधिकांश बिरामी डेंगुका छन् । एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुको लक्षण हुन् ।


 

ad
ad