१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ७ आइतबार
  • Friday, 09 May, 2025
संजित परियार काठमाडौं
२o८o असोज ७ आइतबार १३:३o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

राहत र पेन्सनबाट वञ्चित शिक्षकको आन्दोलन जारी

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ७ आइतबार १३:३o:oo

सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिमा असन्तुष्टि जनाउँदै केही शिक्षकले आन्दोलन जारी राखेका छन्। राहत, बालविकास र पेन्सनबाट वञ्चित शिक्षकले आन्दोलन जारी राखेका हुन्।

गत शुक्रबार सरकार र महासंघबीच सहमति भएसँगै शिक्षक आन्दोलनका कार्यक्रम फिर्ता लिएर घर फर्किएका थिए। तर, नेपाल बालविकास शिक्षक संघ, पेन्सनबाट वञ्चित शिक्षक संघर्ष समितिलगायतले आन्दोलन गरिरहेका छन्।

सरकारसँगको वार्तामा ७५ प्रतिशत राहत शिक्षकलाई स्थायी गर्ने र अन्य २५ प्रतिशत खुलाबाट भर्ना गर्ने सहमति भए पनि राहत कोटाका शिक्षकले शतप्रतिशत स्थायी हुनुपर्ने माग राख्दै आएका छन्।

उनीहरूले आइतबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्‍याली निकालेर विरोध प्रदर्शन गरेका छन्।

तस्बिरहरू :