प्रस्तावित विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकले आज नाचगान गरेर विरोध जनाएका छन्।
बुधबारदेखि सुरु भएको काठमाडौंकेन्द्रित आन्दोलनका क्रममा आज माइतीघरदेखि बानेश्वरसम्मको सडकखण्डको विभिन्न स्थानमा शिक्षकले नाचगान गर्दै विरोध जनाएका हुन्।
क्षेत्रविशेषका भाकामा गीत गाउँदै नाचगान चलिरहेको छ। सुदूरपश्चिमका शिक्षकले देउडा गाएका छन् भने अन्य प्रदेश तथा क्षेत्रका शिक्षकले स्थानीय ठाडो भाकामा गीत गाएको देखिन्छ।
बिहीबार तीन चरणमा भएका वार्ता निष्कर्षहीन भए पनि आज शुक्रबार निर्णायक वार्ता चलिरहेको छ।
.jpg'_'.2023-09-22.jpg)
.jpg'_'.2023-09-22.jpg)
.jpg'_'.2023-09-22.jpg)
.jpg'_'.2023-09-22.jpg)
.jpg'_'.2023-09-22.jpg)
.jpg'_'.2023-09-22.jpg)