सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

मंगलबार, २ असोज, २०८०
डिजिटल संस्करण

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-५  बाँदरे घुम्तीमा सुक्खा पहिरो खसेको छ। 

सुक्खा पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। 

उनका अनुसार मंगलबार राति पौने ९ बजेतिर सुक्खा पहिरो खसेको हो। अहिले जेसिबीको प्रयोग गरी पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास भइरहेको छ। करिब दुई घण्टामा राजमार्ग सुचारु हुने एसपी मिश्रले बताए।

सुझावित समाचार