मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज २ मंगलबार १९:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधान दिवसका अवसरमा ६७० जनाकाे कैद माफी मिनाहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज २ मंगलबार १९:२२:००

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कुल ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ।

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयना) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुने गरी माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ।