Read Time : < 1 मिनेट
२०८० असोज २ मंगलबार १६:२१:००
खाँडादेवी गाउँपालिका–१ खैरनीस्थित मोटरेबल पुलनजिकै सुनकोशी नदीकिनारमा एक पुरुषको शव फेला परेको छ।
सुनकोशीले बगाई ल्याएको उक्त शव खैरनीस्थित नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए। परिचय खुल्न नसकेको उक्त शव अन्दाजी ५०-५२ वर्ष उमेरको देखिने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
प्रहरीले घटनास्थल पुगी मुचुल्का उठाएर पोस्टमार्टमको लागि मन्थली अस्पताल ल्याएको जनाएको छ।