१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २ मंगलबार
  • Friday, 09 May, 2025
कमल खत्री म्याग्दी
२o८o असोज २ मंगलबार १३:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीकृष्णले लाखेको बध गरेसँगै सकियो एकमहिने ‘बर्खेनाच’

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार १३:४६:oo

म्याग्दी सदरमुकाम बेनीमा एक महिना लामो ‘बर्खेनाच’ सकिएको छ। सोमबार हरितालिका तिजको साँझमा लाखेको मुकुण्डोलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजय हुने सन्देशसहित नाच सकिएको हो।

दिनभर बेनी बजारमा प्रदर्शन भएको लाखेनाच साँझ बेनीबजारको संगमचोकमा लाखे र श्रीकृष्णको स्वरूप धारण गरेका कलाकारको तरबार नाच देखाइएको थियो। बेनीको सांस्कृतिक जात्राको रूपमा रहेको बर्खेनाचको अन्तिम दिन लाखे र श्रीकृष्णबीचको तरबार लडाइँको नाच हेर्न सर्वसाधारणको भिड लागेको थियो।

नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानको रूपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाचहरू देखाएर मनाइएको नेपाल भाषा मंकाः खलःका उपाध्यक्ष कुविरकुमार श्रेष्ठले जानकारी दिए। यस वर्षको बर्खेनाचमा लाखे, गोरु, रोपाईं, नागनागिनी र जोगी नाच देखाइएको उनले बताए।

बर्खे नाचअन्तर्गत प्रस्तुत हुने लाखे नाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई देखाउने गरिन्छ। बेनी बजारमा बस्ती बसेदेखि नै नेवार समुदायको सक्रियतामा बर्खेनाच देखाउँदै आएको पाइन्छ। नेपाल भाषा मंकाः खलःअन्तर्गत रहेको युवाहरूलाई सांस्कृतिक विभागको नेतृत्वमा तालिम र प्रशिक्षण दिएर बर्खेनाचलाई निरन्तरता दिने गरिएको छ।