मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
संजित परियार काठमाडाैं
२०८० भदौ ३१ आइतबार १३:२१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

चिकित्सकको आन्दोलनले बिरामीलाई सास्ती [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०८० भदौ ३१ आइतबार १३:२१:००

आइतबार चिकित्सकहरूले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन्। हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि भएको हातपातको विरोधमा चिकित्सकहरूले सेवा ठप्प पारेका हुन्।

सन्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौँडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डा. प्रशान्त बिडारी र सन्चो अस्पतालमा कार्यरत डा. विकास थापामाथि हातपात भएको थियो।

नेपाल चिकित्सक संघको घोषणाअनुसार डाक्टर कुटपिट गर्ने घटनाका दोषीहरूलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।

चिकित्सकहरूले ‘समृद्धिको आस छैन, सुरक्षा देऊ’, ‘विदेश पलायन हुन बाध्य नपार’जस्ता नारा अस्पतालका सूचना पाटी तथा भित्ताहरूमा टाँसेका छन्। आक्रमणको विरोध गर्दै उनीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयन गर्न माग गरेका छन्।

वीर अस्पतालका केही तस्बिरहरू :