Skip This
टोखा–छहरे सुरुङमार्ग निर्माणमा चीन सकारात्मक : अर्थमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३१ आइतबार
  • Saturday, 27 July, 2024
२o८o भदौ ३१ आइतबार o८:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टोखा–छहरे सुरुङमार्ग निर्माणमा चीन सकारात्मक : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ३१ आइतबार o८:१४:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माण गर्न चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन् । लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री डा. महतले सो परियोजना अगाडि बढाउन एक अर्ब बजेट विनियोजन गरेको बताए । उनले भने, ‘यो परियोजनालाई एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छु । यद्यपि, यसका लागि धेरै पैसा लाग्छ । हाम्रो स्रोतले नपुग्न सक्छ, यो परियोजना निर्माणका लागि हामीले चिनियाँ सरकारसमक्ष प्रस्ताव पठाएका छौँ । उहाँहरूबाट सकारात्मक जवाफ आएको छ ।’

दुई देशबीच पत्र आदानप्रदान भइसकेको र आयोजना अगाडि बढ्नेमा ढुक्क हुुन उनले आग्रह गरे । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जाँदै हुनुहुन्छ, यो परियोजनाको तयारीमा हामी लागेका छौँ । प्रधानमन्त्रीको भ्रमणको सिलसिलामा यो आयोजना पहिलो प्राथमिकतामा राखेको आशयको पत्र चीन सरकारले दिएको छ,’ उनले भने । 

परियोजनाको प्रारम्भिक अध्ययन भइरहेको पनि उनले जानकारी दिए । अब थप डिपिआरसहितको अध्ययन भएपछि निर्माण प्रक्रिया अगाडि बढ्छ । सुरुङमार्गको अध्ययन महत्वपूर्ण पक्ष हो । धेरै पक्षमा ध्यान पुर्‍याउनुपर्ने भएकाले अध्ययन सबैभन्दा जटिल र महत्वपूर्ण छ । अध्ययन सकिनेबित्तिकै सुरुङमार्गको काम अगाडि बढ्ने उनले बताए ।