मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३१ आइतबार
  • Thursday, 16 January, 2025
एकै परिवारका तीनसहित चारजनाको सामूहिक हत्या भएको स्थान तिनकुनेस्थित काठ मिल । घटना अनुसन्धानका लागि प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको छ ।
टेकराज थामी काठमाडाैं
२o८o भदौ ३१ आइतबार o६:१४:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राजधानीमै एकै परिवारका तीनसहित चारजनाको सामूहिक हत्या

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ३१ आइतबार o६:१४:oo

- मारिनेको परिवारसँग पक्राउ परेका व्यक्तिको पुरानो सम्बन्ध, नसाको सुरमा हत्या गरेको प्रारम्भिक निष्कर्ष
- श्रीमानकाे श्राद्ध गर्न आएकी ७२ वर्षीया सुभद्रा काठमाडौंमै मारिइन्

राजधानीमै एकै परिवारका तीनसहित चारजनाको सामूहिक हत्या भएको छ । दोलखाको कालिन्चोक गाउँपालिका– ८ सुनखानीकी ७२ वर्षीया सुभद्रा भुजेल, उनका जेठा छोरा ५५ वर्षीय कुमार भुजेल र बुहारी ५० वर्षीया अम्बिका भुजेल तथा मोरङ बेलबारीका २० वर्षीय नवीन राईको  तिनकुनेस्थित एक काठ मिलमा शुक्रबार राति धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो । 

एसएसपी सोमेन्द्रसिंह राठौर, प्रमुख, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
सामूहिक हत्या भएजस्तो देखिन्छ । सोधपुछका क्रममा पाँचजना पक्राउ परेका छन् । जसमध्ये एक दीपेन्द्र राई हुन् । अनुसन्धान जारी रहेकाले अन्यको नाम सार्वजनिक गरिएको छैन । उनीहरूसँग सोधपुछ जारी छ । तथ्य खुल्दै जाला ।

रगतले लतपतिएको कपडामा भाग्दै गरेका मोरङ बेलबारीकै २८ वर्षीय दीपेन्द्र राईको घटनास्थलनजिकै प्रहरीसँग जम्काभेट भएपछि हत्याको प्रारम्भिक रहस्य खुलेको छ । पक्राउपछि प्रहरीले सोधपुछ र थप प्रारम्भिक अनुसन्धान गर्दा घटनामा दीपेन्द्रकै मुख्य संलग्नता रहेको अनुमान छ । मृतक नवीन उनकै काकाका छोरा हुन् । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अन्य चारजनालाई पनि पक्राउ गरेको छ, तर नाम सार्वजनिक गरेको छैन ।

‘सामूहिक हत्या भएजस्तो देखिन्छ । सोधपुछका क्रममा पाँचजना पक्राउ परेका छन् । जसमध्ये एक दीपेन्द्र राई हुन् । अनुसन्धान जारी रहेकाले अन्यको नाम सार्वजनिक गरिएको छैन । उनीहरूसँग सोधपुछ जारी छ । तथ्य खुल्दै जाला,’ अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौर भने ।

एमाले नेता बालकृष्ण सिवाकोटीले सञ्चालन गरेको मिलमा मृतक कुमारको परिवार २५ वर्षदेखि कार्यरत थियो । पक्राउ परेका दीपेन्द्रका बुबा पनि सोही मिलमा १५ वर्ष काम गरेर केही महिनाअघि मात्रै घर गएका थिए । तर, पारिवारिक चिनजानकै कारण दीपेन्द्र मिलमा आउजाउ गरिरहन्थे । काठमाडौंमै बस्ने उनी लागुऔषध दुव्र्यसनी रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । बेरोजगार उनको आम्दानीको स्रोत छैन । बिहान–बेलुका खाना खान पनि प्रायः मिलमै पुग्थे । 

सिसिटिभी फुटेजलगायतको अनुसन्धान गरिसकेको प्रहरीका अनुसार शुक्रबार बेलुका पनि दीपेन्द्र काकाका छोरा नवीनसहित अन्य केही साथी लिएर मिलमा पुगेका थिए । दिउँसो जडीबुटीस्थित स्नुकर हाउसमा भेट भएका उनीहरूले नसालु पदार्थ सेवन गरेका थिए । मिलमा पुगेर बेलुकाको खाना खाए । तर, नसाको सुरमा मिलमा उनीहरूबीच विवाद भएको थियो र अन्ततः झडपको रूप लिएको थियो । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको खुँडा बरामद गरेको छ । घटनामा अन्य धारिलो हतियार पनि प्रयोग भएको प्रहरीको भनाइ छ, तर बरामद गरिसकेको छैन । हत्या गरिएका व्यक्तिको टाउको, गर्दन र शरीर क्षतविक्षत पारिएको प्रहरीले जनाएको छ । 

अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलआसपास रहेका सिसिक्यामेरा फुटेज नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हत्यापछि दीपेन्द्र भाग्नका लागि सडकमा निस्किएका थिए । ट्याक्सी रोक्न हात दिएका थिए । ट्याक्सी नरोकिएपछि केही बेर सडकमै उभिए । प्रहरी वृत्त बानेश्वरको टोली सोही क्षेत्रको रात्रिकालीन गस्तीमा थियो । प्रहरी भ्यान मिलनजिक पुगेर रोकियो । ट्याक्सीमा चढ्न ठिक्क परेका दीपेन्द्र प्रहरी भ्यान आफ्नो अगाडि देखेपछि आत्तिए । प्रहरीले घटनाबारे थाहा पाइसकेर आफूलाई पक्राउ गर्न आइपुगेको अनुमान गरे । भाग्यो भने प्रहरीले गोली हान्ला भन्ने डरले उनी भाग्न रोकेको ट्याक्सी छाडेर प्रहरी भ्यानमा पुगे र भित्रै छिरेर प्रहरीलाई भने, ‘तिनीहरूले मेरो भाइ मारे ।’ 

प्रहरीका अनुसार भाग्दै गर्दा जम्काभेट भएका दीपेन्द्रको कपडा रगताम्मे थियो । दीपेन्द्रसँग सोधपुछपछि अन्य चार आरोपी पनि पक्राउ परेका छन् । घटना अनुसन्धानका लागि प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी राठौरको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । सिसिक्यामेरा फुटेजलगायत प्रमाणमाथि गहन विश्लेषण भइरहेकाले आइतबारसम्म घटनाको तथ्य सार्वजनिक हुने प्रहरी दाबी छ । 

काठ मिल सञ्चालक बालकृष्णका भाइ गणेश सिवाकोटीले मारिनेका परिवारसँग दीपेन्द्रको विगतदेखिको सम्बन्ध भएको बताए । उनले भने, ‘पक्राउ परेकामध्ये दीपेन्द्रका बुबा पनि मिलमा काम गर्थे । उनी अहिले बिदा भएर घर फर्किएका छन् । तर, दीपेन्द्र मिलमा आउने–जाने गरिरहन्थ्यो । खाना पनि यहीँ खाने गथ्र्यो । शुक्रबार काकाको छोरा नवीनलाई पनि ल्याएर आएको रहेछ । घटनाको कारण खुलेको छैन ।’

श्रीमान्को श्राद्ध गर्न आएकी ७२ वर्षीया सुभद्रा काठमाडौंमै मारिइन्
एक वर्षअघि श्रीमान् गुमाएकी दोलखा कालिन्चोक गाउँपालिका– ८ सुनखानीकी ७२ वर्षीया सुभद्रा भुजेल गोकर्णेश्वरमा श्राद्ध गर्न केही सातअघि काठमाडौं आएकी थिइन् । श्राद्ध सकेर उनी बालुवाटारमा कान्छा छोरा गणेश भुजेलसँग बस्दै आएकी थिइन् । शनिबार बिहानै दोलखा फर्किने योजनासहित यात्रा पायक पार्न उनी शुक्रबार दिउँसो तिनकुनेस्थित जेठा छोराकहाँ आएकी थिइन् । तर, शुक्रबारै राति १० बजेतिर छोरा–बुहारीसहित उनको पनि हत्या भयो । 

सात वर्षमा चार हजार ७० को हत्या 
सरकारले शान्ति सुरक्षा कायम राख्न प्रहरी परिचालन चुस्त बनाएको बताउँदै आएको छ । तर, देशभर हत्याका शृंखला खासै घटेका देखिँदैनन् । सात वर्षयताको तथ्यांक हेर्दा हरेक वर्ष पाँच सयभन्दा बढीको हत्या भएको देखिन्छ । यस अवधिमा चार हजार ७० को हत्या भएको छ । गत वर्ष ०७९/८० मा मात्रै पाँच सय एकजनाको हत्या भएको छ ।

रगताम्ये व्यक्ति घटनास्थलबाट भाग्दै गर्दा भएको थियो प्रहरीसँग जम्काभेट
अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलआसपास रहेका सिसिक्यामेरा फुटेज नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हत्यापछि दीपेन्द्र भाग्नका लागि सडकमा निस्किएका थिए । ट्याक्सी रोक्न हात दिएका थिए । ट्याक्सी नरोकिएपछि केही बेर सडकमै उभिए ।

प्रहरी वृत्त बानेश्वरको टोली सोही क्षेत्रको रात्रिकालीन गस्तीमा थियो । प्रहरी भ्यान मिलनजिक पुगेर रोकियो । ट्याक्सीमा चढ्न ठिक्क परेका दीपेन्द्र प्रहरी भ्यान आफ्नो अगाडि देखेपछि आत्तिए । प्रहरीले घटनाबारे थाहा पाइसकेर आफूलाई पक्राउ गर्न आइपुगेको अनुमान गरे । भाग्यो भने प्रहरीले गोली हान्ला भन्ने डरले उनी भाग्न रोकेको ट्याक्सी छाडेर प्रहरी भ्यानमा पुगेर भित्रै छिरेर प्रहरीलाई भने, ‘तिनीहरूले मेरो भाइ मारे ।’

प्रहरीका अनुसार भाग्दै गर्दा जम्काभेट भएका दीपेन्द्रको कपडा रगताम्मे थियो । दीपेन्द्रसँग सोधपुछपछि अन्य चार आरोपी पनि पक्राउ परेका छन् । घटना अनुसन्धानका लागि प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी राठौरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । सिसिक्यामेरा फुटेजलगायत प्रमाणमाथि विश्लेषण भइरहेकाले आइतबारसम्म तथ्य सार्वजनिक हुने प्रहरी दाबी छ ।