मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Sunday, 13 July, 2025
फाइल तस्बिर ।
२o८o भदौ २६ मंगलबार २o:२१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ज्ञानेन्द्र मल्ल खेलाडी संघको उपाध्यक्षमा मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार २o:२१:oo

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको उपाध्यक्ष बनेका छन्। मल्ललाई संघले मंगलबार उपाध्यक्षमा मनोनयन गरेको हो।

खेलाडी संघले आजै अन्य तीन खेलाडीलाई संघको कार्यसमिति सदस्यमा मनोनयन गरेको छ। बास्केटबलकी सदीना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी सरस्वती चौधरी सदस्यमा मनोनीत भएका हुन्। 

मनोनयनसँगै खेलाडी संघको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ। गत १९ भदौमा सम्पन्न खेलाडी संघको साधारणसभा तथा निर्वाचनले दीपक श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो।