पोखराको सूर्यदर्शन सहकारीका कोषाध्यक्ष ललितपुरबाट पक्राउ

सोमबार, २५ भदौ, २०८०
डिजिटल संस्करण

पोखराको बाग्लुङ बसपार्कस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन्। 

सहकारीलाई ठगी गरेको घटनामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार ललितपुरबाट पक्राउ गरेको हो। 

रम्तेललाई कुमारीपाटीबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

सुझावित समाचार