१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख २३ आइतबार १६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

मूर्तिमा ‘प्राण’ भर्दै कालिगड [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:२३:oo

असोज संक्रान्तिमा मनाइने विश्वकर्मा पूजाका लागि बाबा विश्वकर्माको मूर्ति बनाउन भारतको काेलकाताबाट आएका मूर्तिकार व्यस्त छन्।

१२ जनाको समूहमा आएका यी कलाकारले एक महिनामा करिब एक सय ६० वटा मूर्ति बनाइसकेका छन्। मूर्ति बनाउन उनीहरूले भारतबाट सबै सामग्री ल्याएका छन्। रंग, शृंगारका सामग्री र गंगाको माटो उनीहरूले भारतबाटै ल्याएका हुन्।

‘हामी गंगाको माटो ल्याएर मूर्ति बनाउँछौँ। लरीमा दुई दिन लगाएर हामीले माटो ल्याएका हौँ। यही माटोबाट हामीले विश्वकर्मा, दुर्गा, गणेश र अन्य देवीदेवताको मूर्ति बनाउँछौँ,’ मूर्तिकारको यो समूहलाई लिएर आएका दीपक हल्दारले नयाँ पत्रिकासँग भने।

हल्दारको यो समूह दिवाली अर्थात् तिहारसम्म मात्रै बस्छ। बिहानदेखि बेलुकीसम्म १२ जनाले पालैपालो मूर्तिमा रंग लगाउने, सजाउने र सिँगार्ने काम गरिरहेका छन्।

तस्बिरहरू :

ad
ad