१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तस्बिर : सिन्ह्वा
एजेन्सी
Invalid date format १५:३३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अफ्रिकी संघ र आइजिडीलाई सुडानी सेना प्रमुखको चेतावनी

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
Invalid date format १५:३३:oo

सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बलका जनरल कमान्डर अब्देल फताह अल बुर्हानले इन्फन्ट्री डिभिजनको भ्रमण गरेका छन्।

उनले ब्लु नाइल राज्यमा रहेको सेनाको चौथो इन्फन्ट्री डिभिजनको भ्रमण गरेका हुन्। सो क्रममा सैनिकहरूलाई सम्बोधन गर्दै अल बुर्हानले अफ्रिकी संघ (एयू) र विकासमा अन्तरसरकारी प्राधिकरण (आइजिडी)लाई सुडानको आन्तरिक मामिलामा नकारात्मक र अस्वीकार्य हस्तक्षेप रोक्न आह्वान गरे। उनले अफ्रिकी युनियनबारे आफूहरूको स्पष्ट धारणा रहेको भन्दै आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरे सह्य नहुने चेतावनी दिए।

शान्ति स्थापनाका लागि सरकारले काम गरिरहेको बुर्हानको भनाइ थियो। उनले आफूहरूको हात सधैँ शान्ति स्थापनाका लागि फैलिएको भन्दै यसमा बाह्य हस्तक्षेप नगर्न आग्रह गरे।

सुडानले अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रमा एसएएफ  र आरएसएफबीचको झडप व्यहोरिरहेको छ। जसमा हालसम्म तीन हजारभन्दा बढीको ज्यान गएको छ भने ६ हजारभन्दा बढी घाइते भएका छन्। सिन्ह्वा/न्युज एजेन्सी नेपाल