१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १२:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुरक्षित समाजका लागि नागरिक-प्रहरी हातेमालो आवश्यक : एआइजी थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:oo:oo

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले नागरिक र प्रहरीको सुदृढ सम्बन्धले मात्र समाज सुरक्षित र समृद्ध हुने बताउँदै प्रहरीसँग हातेमालोको लागि आग्रह गरेका छन्।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, बाँसबारी काठमाडौंको आयोजनामा शनिबार बाँसबारीमा आयोजित शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा उनले  समाज तथा राष्ट्रमा  शान्ति नभई विकास सम्भव नभएकाले नागरिक र प्रहरीको सहकार्यमा जोड दिएका हुन्। 

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदायिक–प्रहरी साझेदारीको अवधारणाबमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै आफूले पाएको सूचनालाई प्रहरीसमक्ष दिन उनले अनुरोध गरेका छन्। 

नागरिकका सुझाव तथा सूचनाहरू गोप्य हुने प्रतिबद्धता व्यक्त गर्दै  सबै प्रकारका सामान्य तथा गम्भीर प्रकृतिका घटनालाई समेत प्रहरीसामु ल्याई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सक्रिय हुँदै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनीत कार्यमा हातेमालो गर्न जोड दिएका हुन्। 

आधुनिक समयमा घट्ने अपराधका घटनाहरूलाई न्यूनीकरण गर्न सामुदायस्तरमा नै जनचेतना अभिवृद्धि गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता’ अभियानअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय र मातहत परिसरहरूबाट प्रविधिको यथोचित प्रयोग गरी प्रभावकारी तवरले प्रहरी परिचालन गराई समग्रमा सुरक्षा प्रदान गरिने उनले जानकारी दिएका छन्। 

पूर्वप्रहरी कर्मचारीहरू,जिल्ला प्रहरी परिसर, काठमाडाैंका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्री, प्रहरी वृत्त महाराजगन्जका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्री, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको छ।

ad
ad