१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १५:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलद्वारा प्रदर्शन

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:३६:oo

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विरोधमा सो दलको भ्रातृ संगठन नेपाल तरुण दलले प्रदर्शन गरेको छ।

संगठनका पूर्वअध्यक्षसमेत रहेका यादवमाथि भएको आक्रमणको विरोध गर्दै तरुण दलले र्‍याली निकालेको हो। रत्नपार्कबाट सुरु भएको र्‍याली पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली हुँदै पुनः रत्नपार्क आएर कोणसभामा परिणत भएको थियो।

बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा सहभागी यादवमाथि एक व्यक्तिले खुकुरी प्रहार गरेका थिए। उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

संगठनका पूर्वअध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने तरुण दलको माग छ। प्रहरी प्रशासन पक्षपाती भएको भन्दै सो संगठनले गृहमन्त्री नारायणाकाजी श्रेष्ठको राजीनामासमेत मागेको छ।

तस्बिरहरू :

ad
ad