१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
पवन बराइली काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १२:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

व्यायाममा बढ्दै छ आकर्षण 

Read Time : > 2 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:o६:oo

काठमाडौं जोरपाटी बस्ने जेन रसाइली तीन–चार वर्षदेखि जिम सेन्टर धाइरहेका छन् । पेट लाग्न नदिन आफू नियमित जिम जाने गरेको उनले बताए । भन्छन्, ‘नियमित जिम गएर ‘वर्कआउट’ गर्दा र डाइट ब्यालेन्स मिलाउँदा शरीर कसिलो र मजबुत भएजस्तो लाग्छ । सुरु–सुरुमा जिम गर्दा गाह्रो हुन्थ्यो । अहिले त नियमित एक्सरसाइज गर्ने बानी परिसक्यो ।’

विभिन्न शारीरिक सुगठन प्रतियोगितामा समेत भाग लिइसकेका रिचार्ड तामाङ काठमाडौं रातोपुलस्थित एनआरके फिटनेस सेन्टरमा ट्रेनर छन् । आकर्षक शरीर बनाउनका लागि नियमित अभ्यास र अनुशासित जीवनशैली आवश्यक रहेको उनी बताउँछन् । ‘कम्तीमा ६ देखि १२ महिनाको निरन्तर अभ्यासपछि मात्र शरीरमा सामान्य परिवर्तन देखिन थाल्छ । यसका लागि धैर्य चाहिन्छ,’ उनले भने, ‘आकर्षक शरीर बन्न समय लाग्छ । जिम नगई घरमै पनि विभिन्न एक्सरसाइज गरेर फिट रहन सकिन्छ । तर, अनुशासन र धैर्य आवश्यक छ ।’

कम्तीमा आठ घन्टा सुत्नैपर्छ । ज्यानलाई आराम चाहिन्छ, ज्यानलाई आराम भएन भने शरीरको विकास हुन पाउँदैन । शारीरिक व्यायामले मानसिक तथा आत्मविश्वास विकास गरेको हुन्छ । 

फिटनेसलाई लिएर अहिलेको पुस्ता निकै सचेत रहेको उनले बताए । जिममा दक्ष प्रशिक्षकबाट प्रशिक्षण लिनुपर्ने उनको भनाइ छ । विभिन्न शारीरिक सुगठन प्रतियोगितामा समेत भाग लिइसकेका तामाङ थप्छन्, ‘जिममा गएर फलाम उचालेर मात्रै शरीरमा ‘सिक्स प्याक’ देखा पर्छ भन्ने भ्रम धेरैमा हुन्छ । शरीर बनाउन जिम सेन्टर गएर मात्रै पुग्दैन । शारीरिक अभ्यासलाई जीवनशैली नै बनाउनुपर्ने हुन्छ । कतिपयले दुई–तीन महिना जिम गएर छाड्ने गर्छन् । यसरी मनलाग्दी गर्दा डाइट प्लान बिग्रिन्छ । त्यसैले हाम्रो जीवनशैली र खानपानमा ध्यान दिनुपर्छ । एकैपटक नतिजा राम्रो देखिन्छ भन्ने पनि होइन । यसका लागि समय लाग्छ ।’

काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सुरेश सुवेदी युवापुस्तामा स्वास्थ्य र आकर्षक शरीरको चाहना बढ्दै गएको बताउँछन् । ‘अहिलेका युवापुस्तामा ‘सिक्स प्याक’ तथा मसल्स पुष्ट बनाउने रहर बढ्दो छ । कोही फिट रहन आउँछन् त कोही खेलाडी बन्ने सपना बोकेर आएका छन्,’ उनले भने । 

उनका अनुसार काठमाडौं उपत्यकामा झन्डै दुई सय जिम हाउस तथा फिटनेस सेन्टर खुलेका छन् । हिजोआज होटेलमा समेत फिटनेस सेन्टर राख्न थालिएको छ । निजी क्षेत्रको बढ्दो लगानीका कारण शारीरिक सुगठनले गति पाइरहेको उनले बताए । 

जिम सेन्टरको संख्यासँगै शारीरिक सुगठन खेलप्रति पनि युवाहरूको आकर्षण बढ्दो छ । विभिन्न प्रतियोगितामा सहभागी भएर उनीहरू आफ्नो फिट शरीर देखाउन चाहन्छन् । अध्यक्ष सुवेदीले भने, ‘हिजोआज प्लस टु पढ्दै गरेका युवा जिम सेन्टर धाउने गरेका छन् । कतिपयको सौख विदेश घुम्न जाँदा समुद्रमा ‘सिक्स प्याक’ देखाएर फोटो खिच्ने पनि हुन्छ । कतिपय मानिस यसमै निरन्तर लागेर शारीरिक सुगठनका प्रतिस्पर्धामा समेत सहभागी हुन्छन् ।’

कस्तो जीवनशैली बाँच्ने ?
दक्ष प्रशिक्षकसँगको निगरानीमा मात्रै व्यायाम गर्नुपर्छ । जथाभावी जिम गर्दा शरीरमा उल्टै समस्या देखिन सक्छ । प्रशिक्षकको सल्लाहअनुसार गर्नुपर्छ ।खानपानमा विशेष ख्याल गर्नुपर्छ । जंकफुडलगायत कतिपय खानेकुराले शरीरलाई घाटा पुर्‍याउँछ । त्यस्ता खानेकुराबाट टाढा रहनुपर्छ । कार्बोहाइड्रेट, प्रोटिनलगायत पौष्टिक तत्वहरू ब्यालेन्स मिलाएर लिनुपर्छ । अभ्यासमा ध्यान केन्द्रित गर्नका लागि वर्कआउटअघि ब्ल्याक कफी लिन सकिन्छ । त्यस्ता खाना शरीरमा गएर ग्लुकोजका रूपमा कन्भर्ट हुन्छ । हाम्रो बोनमा ग्लुकोजको मात्रा बढेपछि मात्रै फलाम उचाल्न सकिन्छ । जिम ट्रेनरले खानपानका विषयमा धेरै सल्लाह दिन्छन् । त्यस्तै, मसल्स बढाउन चाहनेहरूका लागि उनीहरूले धेरै प्रकारका डाइट सप्लिमेन्ट्स दिएका हुन्छन् । त्यसैलाई ‘फलो’ गर्नुपर्छ ।

दैनिक आठ घन्टा सुत्ने 
जिम सेन्टर गएपछि आफ्नो जीवनशैलीलाई पनि ध्यान दिन आवश्यक जरुरी छ । कम्तीमा आठ घन्टा सुत्नैपर्छ । ज्यानलाई आराम चाहिन्छ, ज्यानलाई आराम भएन भने शरीरको विकास हुन पाउँदैन । शारीरिक व्यायामले मानसिक तथा आत्मविश्वास विकास गरेको हुन्छ । व्यायाम शारीरिक सुगठनका लागि मात्र गरिँदैन भन्ने बुझ्न आवश्यक छ । शरीर र मनलाई स्फूर्त राख्न जिम सेन्टर जाने हो । हरेक दिन शारीरिक व्यायामका लागि थोरै समय दिँदा मात्र पनि शरीर, मन र दिमाग स्वस्थ बनाउन धेरै सहयोग पुग्छ ।

ad
ad