१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

काठमाडौं आसपासका साइक्लिङ रुट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:५३:oo

नगरकोट : नगरकोट साइकलयात्रीहरूलाई मन पर्ने गन्तव्य हो । कोटेश्वर, भक्तपुर, खरिपाटी हुँदै झन्डै २८ किलोमिटर यात्रामा यहाँ पुग्न सकिन्छ । समुद्री सतहबाट दुई हजार एक सय ७५ मिटर उचाइमा रहेको यस स्थानमा फराकिलो हाइवेको यात्रा गर्दै पुग्न सकिन्छ । यसक्रममा भक्तपुरमा नेवाः संस्कृतिबारे पर्याप्त जानकारी लिन सकिन्छ । हरियाली हेर्दै बिस्तारै उकालो चढ्नुको मज्जा नै बेग्लै छ । नगरकोटको टुप्पोमा पुगेपछि विभिन्न हिमशृंखलाको अवलोकन गर्न पाइन्छ । त्यसकारण पनि धेरै साइकलयात्रीहरूको रोजाइमा यो स्थान पर्ने गर्छ । 

ककनी : बालाजुबाट सुरु हुने यात्रा दुई हजार ३० मिटरको उचाइमा रहेको ककनीसम्म पुग्छ । झन्डै २३ किलोमिटर यात्रा नागार्जुन जंगल क्षेत्रको हरियाली हुँदै अघि बढ्छ । यहाँको हरियाली र चिसो मौसमले प्रकृतिप्रेमीहरूलाई सधैँ आकर्षित गर्ने गरेको छ । टुप्पोमा पुगेर हिमालको दृश्यावलोकन गर्दै थकाइ मार्नुको मज्जा बेग्लै छ । यो अर्को राम्रो गन्तव्य हो ।

फुलचोकी : फुलचोकीमा सधैँ चिसो हावा चलिरहेको हुन्छ । २७ सय मिटर हाइटमा रहेको यस स्थानमा जान धेरै साइकलयात्रीले रहर गर्छन् । काठमाडौंबाट लगनखेल चोक र गोदावरीसम्म पक्की बाटो र त्यसपछि कच्ची बाटोमा साइकल कुदाएर उकालो लाग्नुको मज्जा नै बेग्लै छ । 

जामाचो : ह्वाइट गुम्बा हुँदै जामाचो जान पनि सकिन्छ । नागार्जुनको जंगल हुँदै जाने अर्को बाटो पनि छ । यहाँ पनि शान्त वातावरणमा साइक्लिङको मज्जा लिन सकिन्छ । त्यस्तै, सुन्दरीजल, शिवपुरीलगायत क्षेत्रमा पनि साइक्लिङका लागि ठूलो संख्यामा साइकलयात्री जाने गरेका छन् । 

ad
ad