Skip This
‘समलिंगी विवाहले कानुनी मान्यता नपाउँदा लिभिङ टुगेदरमा सीमित’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १३:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘समलिंगी विवाहले कानुनी मान्यता नपाउँदा लिभिङ टुगेदरमा सीमित’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १३:३४:oo

मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले समलिंगी विवाहले कानुनी मान्यता प्राप्त गर्न नसक्दा लिभिङ टुगेदरमा सीमित हुन पुगेको बताएका छन्।

मितिनी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको वैवाहिक समानताको विषयक अन्तक्र्रियामा उनले  यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई राज्य, समाज र परिवारले नै विवाह गर्न नदिएको बताए।

‘कानुनले महिला र पुरुषबीचको विवाहलाई परिभाषित गरेको छ। त्यसैले समलिंगी महिला, द्वीलिंगी महिला, ट्रान्सजेन्डर पुरुष र तेस्रोलिंगी पुरुषको वैवाहिक सम्बन्ध भनेको लिभिङ टुगेदरमा मात्र सीमित छ,’ उनले भने, ‘म आफैं पार्टनरसँगै बसेको २४ वर्ष भइसकेको छ। तर,  समलिंगी विवाहले कानुनी मान्यता प्राप्त गर्न सकेको छैन।’

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिसकेको छ। सर्वोच्चको अन्तरिम आदेश आए पनि यो समुदायका जोडी अझै पनि कुन निकायमा गएर विवाह दर्ता गराउने भन्नेमा अन्योलमा छ।

मितिनी नेपालका कार्यक्रम अधिकृत निलम ढुंगानाले संविधानको धारा १२, १८ र ४२ ले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकअधिकारबारे बोले पनि व्यवहारमा समलिंगी विवाह र समलिंगी जोडीको पहिचान हुन नसकेको बताइन्। उनले  यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको वैवाहिक समानताको विषयमा मिडियाले सुसुचित गराउनुपर्ने बताइन्।

मितिनी नेपालका कार्यकारी निर्देशक सरिता केसीले नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको वर्तमान अवस्था तथा उनीहरुले भोग्दै आइरहेका समस्याबारे प्रकाश पारिन्।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सुनिता लामा, विश्वल न्यौपाने, संयोग केसी, सन्ध्या लामा र जेसिका गौतमले वैवाहिक समानता नहुँदा आफूहरूले भोगेका चुनौतीका बारेमा जानकारी गराएका थिए।

मितिनी नेपालकी बाग्मती प्रदेश संयोजक सम्झना विश्वकर्माले स्वागत गरेको कार्यक्रमको सहजीकरण मितिनी नेपालका कार्यक्रम अधिकृत बिमला गुरुङले गरेकी थिइन्।

ad
ad