१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका न्युयोर्क
२o८१ बैशाख २३ आइतबार o६:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जोकोभिक ४७औँ पटक ग्रान्डस्लामको सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:४२:oo

सर्बियाली टेनिस खेलाडी नोभाक जोकोभिक समग्रमा ग्रान्डस्लाम खेलमा ४७औँ पटक सेमिफाइनलमा प्रवेश गरेका छन् । वर्षको अन्तिम ग्रान्डस्लामका रूपमा रहेको युएस ओपनको अन्तिम चारमा प्रवेश गरेपछि उनले यो रेकर्ड बनाएका हुन् । जोकोभिकले क्वार्टरफाइनलमा टेलोर फिट्जलाई ६–१, ६–४ र ६–४ ले हराउँदै अन्तिम चारको स्थान सुरक्षित गरे । न्युयोर्कमा चर्को गर्मी सामना गरेका उनले प्रतिस्पर्धाका दौरान पटक–पटक ब्रेक लिएका थिए । 

अब फाइनल प्रवेशका लागि उनले वेन सेल्टनको सामना गर्नेछन् । युएस ओपनमा लगातार १३ खेलको जित बनाएका जोकोभिकले रोजर फेडेररको रेकर्ड तोड्ने लक्ष्यका साथ अगाडि बढेका छन् । उनले युएस ओपनमा फरक किसिमको अनुभव गरिरहेको बताएका छन् । ‘यसपटक मैले यहाँ फरक अनुभव गरिरहेको छु, खेलमाथि नियन्त्रण राख्न निकै गाह्रो भइरहेको छ,’ उनले भने, ‘सम्भवत यहाँको गर्मीले पनि खेल्न गाह्रो बनाइराखेको छ । 

उनले गर्मीको मौसममा शरीरिक रूपमा खेल्न निकै गाह्रो भएको बताए । क्वार्टरफाइनलका प्रतिस्पर्धी फिट्जले दोस्रो तथा तेस्रो सेटमा चुनौती दिएको उनको भनाइ छ । ‘पहिलोभन्दा त्यसपछिको सेट खेल्न असजिलो भयो, यसको मुख्य कारण नै फिट्जको उत्कृष्ट पुनरागमन थियो,’ खेलको समीक्षा गर्दै जोकोभिकले भने, ‘यद्यपि, खेलमा मैले केही गल्तीको फाइदा लिन सफल भएँ ।’ 

दोस्रो सेटमा उनले ३–१ को अग्रता लिएका थिए । तर, फिट्जले चार ब्रेक अंक रक्षा गर्दै जोकोभिकमाथि दबाब राखे । तेस्रो सेटमा उनले लगातार तीन अंक गुमाएका थिए । तेस्रो सेटको आठौँ गेम सकिँदा दुवै खेलाडी ४–४ को स्थितिमा थिए । जोकोभिकले एक महत्वपूर्ण ब्रेक अंक बटुल्दै च्याम्पियनसिपको सेमिफाइनलतर्फ अग्रसर भए । जोकोभिकले सामना गर्ने सेल्टनले खेल ६–२, ३–६, ७–६ र ६–२ ले जिते । 

ad
ad