१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १२:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोदो उत्पादन बढाएर विदेश निर्यात गर्नुपर्छ : कृषिमन्त्री भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:२८:oo

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताएका छन्। नेपालको पहाडी भूभाग कोदो उत्पादनका लागि उर्वर रहेको भन्दै उनले कोदो उत्पादन बढाई विदेशमा निर्यात गर्न सक्नुपर्ने बताए।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले बाँदरआतंकबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुने भएकाले कोदोको उत्पादन बढाउनुपर्ने उनको भनाइ छ। सरकारले पनि कोदो उत्पादनलाई बढावा दिने गरी काम गरिरहेको उनको भनाइ छ।

‘केही दशकअघिसम्म आमनेपाली जनताको खाद्य सुरक्षा र पोषणको एउटा प्रमुख स्राेतका रूपमा कोदो रहेको थियो। म आफैँले सानोमा कोदो रोपेको छु, धेरै प्रकार खाएको छु। अहिले क्रमशः घट्दै गएको छ। त्यसलाई फेरि हामीले क्रमशः पुनर्स्थापना गर्न खोज्दै छौँ,’ उनले भने।

खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन कोदो उत्पादन मुख्य साबित हुन सक्ने मन्त्री भुसालको भनाइ छ। उनले जलवायु परिवर्तनको क्षेत्रमा आएको विश्वव्यापी परिवर्तनले खाद्यान्न उत्पादनको जोखिम आएको बताए।

ad
ad