मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० भदौ १९ मंगलबार २१:००:००
Read Time : < 1 मिनेट
समाचार

महासचिव पोखरेल र चिनियाँ पोलिटब्युरो जियाजुनबीच भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० भदौ १९ मंगलबार २१:००:००

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को निमन्त्रणामा चीन भ्रमणमा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियाजुनबीच आज भेटवार्ता भएको छ। 

चीनको सबैभन्दा ठूलो महानगर छोङछिङ सहर कमिटीका सचिवसमेत रहेका जियाजुन र महासचिव पोखरेलबीच छोङछिङमा भेटवार्ता भएको हो। 

भेटका क्रममा पोलिटब्युरो सदस्य जियाजुनले नेपाल र चीनबीचको सम्बन्ध पुरानो र घनिष्ठ रहेको बताए। नेपाल एक चीनप्रति दृढ र प्रतिबद्ध रहेकोमा खुसी व्यक्त गरे। नेता जियाजुनले गत साउनमा नेपाल भ्रमणको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट भएको उल्लेख गर्दै अध्यक्ष ओलीलाई आफूले एक देशभक्त नेताको रूपमा पाएको बताए।

गत साउनमा आफ्नो नेपाल भ्रमणको क्रममा नेपालीहरूको विकास र आर्थिक समृद्धिको तीव्र चाहना पाएको उल्लेख गर्दै जियाजुनले नेपालको विकासमा सहयोगको लागि चीन तत्पर रहेको दोहोर्याए। 

यस्तै, महासचिव पोखरेलले नेपाल र चीनबीच जनस्तरमा धेरै पुरानो सम्बन्ध रहेको बताए। उनले भृकुटी र अरनिकोदेखिको जनस्तरमा सम्बन्ध रहेको उल्लेख गर्दै १९५५ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको चीन भ्रमण चीन र नेपालबीचको सम्बन्धमा महत्वपूर्ण रहेको स्मरण गरे। 

महासचिव पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला भएको नेपाल र चीनबीच व्यापार तथा पारबहन सम्झौताले नेपाललाई तेस्राे मुलुकसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। 

उनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा भएका सम्झौताहरू कार्यान्वयन नभएको उल्लेख गर्दै ती सम्झौताहरूको प्रभावकारी कार्यान्वयनको पक्षमा एमाले रहेको बताए।