जगदम्बा इन्टरप्राइजेज प्रालिले अत्याधुनिक एलआरएफ (ल्याडल रिफाइनिङ फर्नेस) प्रविधिमार्फत प्राइम बिलेट उत्पादन सुरु गरेको छ । कम्पनीले भूकम्प प्रतिरोधी डन्डी बनाउन प्रयोग हुने प्राइम बिलेट नेपालमै पहिलोपटक उत्पादन सुरु गरेको हो ।
भूकम्पले निकै ठूलो प्रभाव पारेको नेपालमा एफई ५०० डी गुणस्तरको फलामे डन्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको कम्पनीले जनाएको छ ।
एफई ५०० डी डन्डी भूकम्प प्रतिरोधात्मक हुने र यस्तो डन्डी केवल प्राइम बिलेटबाट मात्र बन्ने कम्पनीको दाबी छ । कम्पनीले हाल जगशक्ति गोल्ड ब्रान्डमा एफई ५०० डी डन्डीको उत्पादन एवं बिक्री–वितरण गर्दै आएको जनाएको छ ।वीरगन्ज–पथलैया औद्योगिक करिडोरको चोर्नीमा रहेको कम्पनीले जिआई पाइप, ब्ल्याक पाइप, त्युबुलार र पोल, हाइमास्ट पोल, फेब्रिकेसन तथा अन्य विभिन्न किसिमका फलामजन्य वस्तुहरूको उत्पादन गर्दै आएको जनाएको छ ।