१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

हुम्लामा पठाओको नाममा बह्मलुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:५८:oo

हुम्लाको मध्यभेगमा पठाओको नाममा मोटरसाइकलवालाहरूले स्थानीयसँग चर्काे मूल्य असुल्दै आएका छन्। ती माेटरसाइकलवालाले सात किलोमिटर दूरीकाे एक हजारदेखि १५ सयसम्म असुल्ने गरेकाे पाइएको छ। 

मोटरसाइकलवालाले सर्केगाडदेखि सल्लिसल्लासम्मको सात किलोमिटर दूरीमा एक हजारदेखि १५ सयसम्म  असुल्ने गरेको चंखेली गाउँपालिका १ का नरवीर बोहराले जानकारी दिए।

जिल्लाबाहिरबाट आएर पठाओको नाममा मनपरी रूपमा पैसा असुल्दै आएको बोहरा बताउँछन्। उनको अनुसार उक्त क्षेत्रमा पठाओका रूपमा २५ देखि ३० वटा मोटरसाइकल चल्ने गरेका छन्। 

मुगु, जुम्ला, बाजुरा, कालीकोटलगायतका जिल्लाबाट आएर पठाओको नाममा बह्मलुट गर्दै आएको चंखेली गाउँपालिका– ४ झक्कबहादुर रोकायाले बताए।

पठाओ सञ्चालन गर्दै आएका जुम्ला चन्दनाथ नगरपालिका– १ तलिगाउँका गणेश विकले मासिक आम्दानी ५० देखि ६० हजार हुने गरेको बताए। ‘सर्केगाडमा बस्छु आम्दानी राम्रै छ।  दिनमा पेट्रोल खर्च कटाएर तीनदेखि चार हजार बचत हुने गरेको छ,’ विकले नयाँ पत्रिकासँग भने। 

विकका अनुसार २५ देखि ३० वटा मोटरसाइकल दैनिक सल्लिसल्ला–सर्केगाड, सर्केगाड–सल्लिसल्ला चल्छन्। ती अधिकांश मोटरसाइकल विनालाइसेन्स, विनाबिलबुक, विनाहेलमेट चल्दै आएका छन्। 

ad
ad