१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o७:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बोक्सीको नाममा श्रीमतीलाई यातना दिने श्रीमान् पुर्पक्षका लागि थुनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:१२:oo

जेठी श्रीमती शिलासँग तीन लाख धरौटी माग

जिल्ला अदालत महोत्तरीले आफ्नै श्रीमतीलाई बोक्सी आरोपमा बर्बर यातना दिने विनोद दासलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालत महोत्तरीका न्यायाधीश कमला पौडेलको एकल इजलासले थुनछेक बहसपछि विनोदलाई पुर्पक्षका लागि थुनामा र उनकी जेठी श्रीमती शिलादेवी दाससँग तीन लाख धरौटी माग गरेको हो । अदालतको आदेशसँगै दास जलेश्वर कारागार चलान भएका छन् । 

पीडितको तर्फबाट अधिवक्ताद्वय रक्षा अर्याल र रिंकुकुमारी यादवसँगै जिल्ला सरकारी वकिल कार्यालयका सहायक सरकारी वकिल सुदीप रायले बहस गरेका थिए ।श्रीमान् र उनकी जेठी श्रीमतीले बोक्सी आरोपमा पटक–पटक निर्मम यातना दिएको भन्दै पिपरा गाउँपालिका– ३ की काजलकुमारी दास प्रहरी हुँदै अदालत पुगेकी थिइन् ।

३२ असारको राति तथा १ साउन बिहान श्रीमान्बाट चरम यातना दिइएको भन्दै काजल प्रहरीमा पुगेकी थिइन् । तर, जिल्ला प्रहरी कार्यालयबाहिर ४ साउनमा अंश नलाग्ने, नाता सम्बन्ध नलाग्ने र गाउँसमेत निकाला हुने गरी तमसुक लेखाइएको थियो । 

यो घटनाको चर्काे आलोचना भएपछि प्रहरीले पीडितको जाहेरी लिएको थियो । पीडितको तर्फबाट परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी १२ भदौमा सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा ‘मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ३२ अन्तर्गत बोक्सी आरोपमा मुद्दा दायर गरेको थियो ।

काजलका श्रीमान् विनोद, शिलासँगै सासू सुमित्रादेवीलाई बोक्सी आरोपमा यातना दिएको आरोपमा प्रतिवादी बनाइएको छ भने वडासदस्य किसुनी दास, सोही ठाउँका श्यामसुन्दर दास, वडासदस्य रितादेवी महरा, स्थानीय चन्द्रादेवी महरालाई कानुनविपरीतको तमसुकमा सहीछाप गरेको भनी आरोपी बनाइएको छ । झारफुक र तन्त्रमन्त्र गरी काजललाई बोक्सी घोषित गरेका धामी दिनेश यादवलाई समेत आरोपी बनाइएको छ । यादव फरार छन् । 
 

ad
ad