१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
तस्बिर : एएफपी
एजेन्सी
Invalid date format १२:१४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जिम्बाबेमा विपक्षी पार्टीद्वारा निर्वाचन नतिजा अस्वीकार, पुनः निर्वाचनको माग

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
Invalid date format १२:१४:oo

जिम्बाबेको सिटिजन्स कोलिसन फर चेन्ज (सिसिसी) पार्टीले अगस्ट २३–२४ को निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित इमर्सन मनन्गाग्वाको जितलाई अस्वीकार गर्दै नयाँ निर्वाचनको माग गरेको छ।

उक्त निर्वाचनले जिम्बाबेका जनताको वास्तविक चाहना पूरा गर्न नसक्ने र निर्वाचन धाँधलीयुक्त भएको उनीहरूको जिकिर छ। जिम्बाबे निर्वाचन आयोग (जेडइसी)द्वारा शनिबार घोषणा भएको नतिजाअनुसार मनन्गाग्वाले कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेका छन्। उनका मुख्य प्रतिस्पर्धी सिसिसीका नेता नैल्सन चामिसाले ४४ प्रतिशत मत प्राप्त गरेका छन्।

सिजिबाले निर्वाचन प्रक्रियामा अनियमितता भएको दाबी गरे। उनले दक्षिण अफ्रिकी विकास समुदाय (एसएडिसी) र अफ्रिकी युनियन (एयू)लगायतका अन्तर्राष्ट्रिय निकायहरूको पर्यवेक्षणमा देशले नयाँ निर्वाचनको तयारी गर्नुपर्ने बताए। उनले यो चुनाव देशको आवश्यकता पूरा गर्न सबै किसिमले असफल रहेको जिकिर गरे।

निर्वाचनपछि आफ्नो पहिलो सम्बोधनमा आइतबार राज्यसभामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मनान्गाग्वाले निर्वाचन पारदर्शी भएको बताए। निर्वाचन शान्तिपूर्ण, पारदर्शी र निष्पक्ष भएको उनको भनाइ थियो।

सिन्ह्वा/न्युज एजेन्सी नेपाल