१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Monday, 12 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २८ आइतबार १७:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन प्रणाली परिवर्तन गर्न संविधान संशोधन अपरिहार्य : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार १७:४१:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणाली परिवर्तन गर्न पनि संविधान संशोधन अपरिहार्य रहेको बताएका छन्।

वर्तमान निर्वाचन प्रणाली जनताको नभई पैसावालहरूको पक्षमा रहेको उल्लेख गर्दै प्रचण्डले राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताए।

आइतबार धरानमा किराँती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले माओवादी नेतृत्वको जनयुद्ध र जनआन्दोलनको संयोजनबाट प्राप्त उपलब्धिहरू समेट्दै जनताको साथमा निर्माण गरिएको संविधानलाई संशोधनमार्फत अझ समावेशी समाजवादतर्फ उन्मुख बनाउने अभियानमा साथ दिन आह्वान गरे।

‘शान्ति प्रक्रियामा आएपछि हामी थोरै जनताबाट टाढा भएका थियौँ भन्ने निष्कर्षसहित केन्द्रीय समितिको बैठकमा गम्भीर आत्मसमीक्षा गरिएको छ,’ उनले भने, ‘अब हामी देशका सबै उत्पीडित वर्ग, जाति, लिंग र क्षेत्रका जनतासँग सम्बन्ध सुधार्ने अभियानमा छौँ।’

सरकारको नेतृत्वमा रहँदा माओवादी केन्द्रले देश र जनताको पक्षमा काम गर्न कोसिस गरेको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले समावेशी पूर्वाधार विकास अभियानअन्तर्गत मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग तथा उत्तर–दक्षिण करिडोरहरू निर्माणको थालनी गरेको स्मरण गराए।