Skip This
सकारात्मक सोचले सकारात्मक व्यक्तित्व
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १३ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ १३ बुधबार १o:५३:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सकारात्मक सोचले सकारात्मक व्यक्तित्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १३ बुधबार १o:५३:oo

तपाईंले परीक्षामा ल्याएको अंकलाई मात्रै महत्व नदिनुस् । परीक्षामा फेल हुनु वा कम अंक ल्याउनु र जीवनमा फेल हुनु एउटै हो भन्ने भ्रम त्याग्नुस् । युवापुस्ताले संसार धेरै प्रतिस्पर्धात्मक छ भन्ने बुझेको छ । अब सोच्नुहोस्, सफलता आज पनि सहज छ र अवसरहरू छन् । पुराना कुराको चिन्ता नगर्नुस् । कडा मिहिनेत गर्ने इच्छाशक्ति निर्माण गर्नुस् । सबै ठीक हुनेछ ।

आफ्नो लक्ष्य निर्धारण गर्नुस् । यसले तपाईंलाई कहाँ जाँदै छु भन्ने जानकार गराउँछ । दृष्टिकोण तय गर्नुस् । यसले तपाईंले नदेखिने कुरा देख्न सक्ने क्षमता विकास गर्छ । तपाईंले असम्भव कुरालाई हासिल गर्न सक्नुहुन्छ । विश्वसनीयता र इमानदारिताले संस्थालाई धेरै फाइदा पुर्‍याउँछ । सम्मानित हुनुभन्दा सम्मानको लायक हुनु राम्रो हो । कहिल्यै हरेस नखानुस् । 

नयाँ–नयाँ सीप सिक्ने प्रयास गर्नुस् । प्राविधिक सीप सफलताका लागि महत्वपूर्ण छ । सीपले नै करिअरको शिखरमा लैजान्छ । तर, सीपभन्दा धेरै भूमिका तपाईंभित्र लुकेकोे इच्छाशक्तिको हुन्छ । तपाईंसँग सीप भएर पनि सफलता हासिल गर्ने इच्छाशक्ति भएन भने त्यो निरर्थक हुन्छ । यी दुईबीचको सम्बन्ध बनाएर धेरै समस्या समाधान गर्न सकिन्छ । मानिसमा सीपको कमी भयो भने उनीहरूले सफलताको स्वाद चाख्न पाउँदैनन् । त्यसैले सीप बढाउनका लागि इच्छाशक्ति चाहिन्छ । 

तपाईंले आफूलाई कसरी मार्केटिङ गर्न सक्नुहुन्छ भन्ने कुराले पनि सफलता निर्धारण गर्छ । इमानदारिता र विनम्रता यसका लागि आवश्यक छ । यो रणनीति होइन, बरु जीवनको महत्वपूर्ण मान्यता हो । त्यसैले इमानदार रहनुस् । 

हामीमध्ये धेरैलाई नकारात्मक सोच्ने बानी परिसकेको छ । हामी जस्तो छौँ, त्यस्तै देखिन्छौँ । त्यसैले राम्रो बानीको विकास गरौँ । राम्रो व्यवहार गरौँ । आफ्नो इमान र प्रतिष्ठालाई महत्व दिनुस् र त्यहीअनुसार चरित्र निर्माण गर्नुस् । हामीले आफ्नो भ्यालु आफैँ बनाउने हो ।