१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एमडिएमएस प्रणालीमा आफैँ दर्ता कसरी गर्ने ?

अर्थ ज्ञान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:२४:oo

कुनै व्यक्तिले विदेशबाट आउँदा साथमा ल्याएको मोबाइल आफैँले एमडिएमएस प्रणालीमा दर्ता गर्न सक्नेछन् । यसका लागि सबैभन्दा पहिला प्राधिकरणको एमडिएमएस वेबसाइटमा जानुपर्नेछ । यसमा चारवटा चरण छन् ।डब्लुडब्लुडब्लुएमडिएमएसडटएनटिएडटजिओभडिटएनपी वेबसाइटमा जानुपर्छ । वेबसाइटमा सबैभन्दा तल व्यक्तिगत दर्ता भन्ने बटम राखिएको छ । त्यसमा प्रवेश गर्ने । 

पहिलो चरणमा मोबाइलको आइएमइआई नम्बर, मोबाइलको ब्रान्ड, मोडेल र मोबाइल पहिला प्रयोग भए–नभएको विवरण भर्नुपर्नेछ । सो विवरण भरिसकेपछि मात्रै दोस्रो चरणमा प्रवेश गर्न सकिन्छ । दोस्रो चरणमा इमेल राख्नुपर्छ । इमेल राखिसकेपछि त्यसमा ओटिपी नम्बर आउँछ । त्यो ओटिपी नम्बर राखेपछि तेस्रो चरणमा पुगिन्छ । तेस्रो चरणमा विदेशबाट आउँदाको विवरण (कुन मुलुकबाट आएको हो र मिति) भर्नुपर्छ । त्यसपछि व्यक्तिगत विवरण राख्नुपर्नेछ । जसमा व्यक्तिको नाम, राष्ट्रियता, मोबाइल नम्बर र पासपोर्ट राख्नुपर्नेछ । राष्ट्रियतामा नेपाली र विदेशी हो भने फरक–फरक फर्म भर्नुपर्नेछ । 

राष्ट्रियता नेपाली हो भने त्यसमा दुईवटा विकल्प हुन्छन् । यदि हवाईमार्गबाट नेपाल आएको हो भने पासपोर्टको पहिलो पेज, अध्यागमनले छाप लगाएको पूरा पेज र मोबाइल खरिद गरेको बिल अपलोड गर्नुपर्नेछ । तर, सडक अर्थात् भारतबाट नेपाल प्रवेश गरेकाले नागरिकता वा पासपोर्ट, भन्सारले प्रमाणित गरिदिएको पत्र र मोबाइल खरिद गरेको बिल अपलोड गर्नुपर्नेछ ।विदेशी नागरिकको हकमा पासपोर्ट, भिसा अपलोड गर्नुपर्नेछ । विदेशीको हकमा भिसा अवधिभर मात्रै मोबाइल नम्बर नेपालमा प्रयोग गर्न सकिनेछ । 

आइएमइआई नम्बर भनेको के हो ?
सिम प्रयोग हुने उपकरणमा १५ अंकको आइएमइआई नम्बर हुन्छ । त्यस्ता उपकरणहरूको आइएमइआई एक–अर्कासँग मेल खाँदैन । आइएमइआई नम्बरमा उक्त उपकरणको परिचय प्रदान गर्ने गुण हो । आफ्नो मोबाइलको किप्याडमा गई *#06#  डायल गरेपछि उक्त उपकरणको आइएमइआई नम्बर पत्ता लगाउन सकिन्छ ।

 प्राधिकरणले प्रयोगमा ल्याएको एमडिएमएस प्रणालीमा कम्तीमा १० करोड आइएमइआई नम्बर दर्ता गर्न सकिनेछ । यो प्रणालीमा आइएमइआई नम्बर राखिएका हरेक डिभाइसको दर्ता र रेकर्ड हुनेछ । करिब एक अर्ब रुपैयाँ लगानीमा तयार गर्न लागिएको एमडिएमएसले मुलुकभित्र रहेका प्रत्येक मोबाइल ह्यान्डसेटको प्रयोग, विदेशबाट आयात हुने तथा बजारमा रहेका मोबाइल ह्यान्डसेटलाई व्यवस्थित गर्नेछ ।

यो प्रणालीमा दर्ता भएका आइएमइआईका आधारमा तीनवटा सूची बनाइनेछन् । जसमा ह्वाइट लिस्ट, ग्रे लिस्ट र ब्ल्याक लिस्ट हुनेछन् । ह्वाइट लिस्टमा हुने मोबाइल ह्यान्डसेट प्रयोग गर्न पाइने र वैधानिक हुनेछन् । त्यस्तै, ब्ल्याक लिस्टमा चोरी भएका, हराएका, अवैध भएका नम्बरहरू राखिनेछ भने दर्ता भएका, तर प्रयोग गर्न नमिल्ने, उजुरी परेर छानबिन हुँदै गरेका तथा शंकास्पद नम्बरहरू ग्रे लिस्टमा रहनेछन् ।सिस्टम सञ्चालनमा आएपछि ह्वाइट लिस्टमा राखिएका आइएमइआई नम्बरको ह्यान्डसेट मात्र दूरसञ्चार सेवाप्रदायकका नेटवर्कमा प्रयोग गर्न सकिनेछ । हराएका, चोरी भएका मोबाइल ह्यान्ड सेट ट्र्याकिङ र ब्लक गर्न सकिनेछ । 

ad
ad