१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ ७ सोमबार १o:११:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

शैक्षिक गुणस्तर सुधार्न भक्तपुरका तीन विद्यालय एकै ठाउँमा

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १o:११:oo

बागिश्वरी मावि, दत्तात्रय आधारभूत विद्यालय र सरस्वती विद्यागृह माविबीच सहकार्यको प्रतिबद्धता

शैक्षिक गुणस्तर सुधार्न भक्तपुरका तीनवटा सामुदायिक विद्यालय एक–आपसमा सहकार्य गर्ने गरी जुटेका छन् । भक्तपुर नगरपालिका– ९ स्थित बागिश्वरी माध्यमिक विद्यालय, दत्तात्रय आधारभूत विद्यालय र सरस्वती विद्यागृह माविले आफूसँग भएका विज्ञता, क्षमता र अन्य सुविधामा एक–आपसमा सहकार्य गर्ने गरी विद्यालय सुधार अभियानमा लागेका हुन् ।

यसका लागि बागिश्वरी माविका शैक्षिक संयोजक ज्ञानसागर प्रजापतिको संयोजकत्वमा ‘समन्वय समिति’समेत गठन भएको छ । समितिले तीन विद्यालयलाई आइपर्ने समस्या समाधानको बाटो खोज्ने, अतिरिक्त क्रियाकलाप गर्ने र क्यालेन्डर लागू गराउन भूमिका खेल्नेछ ।

चालू शैक्षिक वर्षदेखि सुरु गरिएको यो समन्वयले तीनवटै विद्यालयको भलो हुने प्रजापतिको बुझाइ छ । चार हजार तीन सयभन्दा बढी विद्यार्थी रहेको बागिश्वरीले छिमेकी दुई माविलाई विद्यार्थी पठाएर सहयोग गरिरहेको छ । यस्तै, सरस्वती विद्यागृहले बागिश्वरी र दत्तात्रयलाई खेलमैदान र अन्य क्रियाकलाप गर्ने ठाउँ उपलब्ध गराउँदै आएको छ । दत्तात्रय माविले आवश्यक परेका वेला विद्यालय भवन प्रयोग गर्न दिने गरेको छ । परीक्षा सञ्चालन गर्दा पनि यी विद्यालयबीच विद्यार्थी र ठाउँ साटासाट भइरहेको छ । यसो गर्दा विद्यालयमा रहेको अभाव र समस्या समाधान गर्न सहज हुने बागिश्वरीका संयोजक प्रजापतिले बताए । बागिश्वरीमा भर्ना हुन आएका सबै विद्यार्थी राख्न नसक्दा छिमेकी दुई विद्यालयमा पठाउने गरेको हो । सरस्वती विद्यागृहमा यो वर्ष डेढ सयजना विद्यार्थी संख्या बढेर तीन सय ७० जना पुगेका छन् । शैक्षिक क्रियाकलाप र प्रयोगात्मक सिकाइमा पनि तीन विद्यालयले सहकार्य गर्दा त्यसले विद्यार्थीलाई फाइदा पुग्ने गरेको छ । ‘विद्यालयको मिहिनेत र हामीसँगको सहकार्यले सुधार हुँदै गइरहेका छन्,’ प्रजापतिले भने, ‘छिमेकी विद्यालयसँग लिन मिल्ने सहयोग पनि लिन्छौँ, यसोगर्दा सामुदायिक विद्यालय सुधार गर्न सहज हुन्छ, राम्रा अभ्यास अनुसरण गर्न पाइन्छ ।’

भक्तपुर दरबार क्षेत्रमा रहेको दत्तात्रय आधारभूत विद्यालयको भवन साँघुरो छ । यहाँ अहिले कक्षा ८ सम्ममा डेढ सयजना हाराहारी विद्यार्थी छन् । यस विद्यालयमा कक्षा ८ मा विद्यार्थी संख्या न्यून हुने देखिएपछि केही विद्यार्थी बागिश्वरीबाट पठाएको संयोजक ज्ञानसागर प्रजापतिले बताए । सरस्वती विद्यागृहका प्रअ गनु साम्पाङ राईले सहकार्य र मिहिनेतले विद्यालयमा विद्यार्थी बढ्दै गएको बताए । ‘छिमेकी विद्यालयसँग समन्वय पनि गरेका छौँ भने आफैँले पनि मिहिनेत गरिरहेका छौँ,’ उनले भने, ‘गत वर्षभन्दा झन्डै डेढ सयजना विद्यार्थी बढाएका छौँ, यो चानचुने मिहिनेतले भएको होइन ।’ 

बागिश्वरीले लिवालीस्थित आफ्नै भवन दिएर ब्रह्मचारिणी आवासीय विद्यालय पनि सञ्चालन गर्न दिइरहेको छ । यहाँ ७० जना विद्यार्थी छन् । यस विद्यालयलाई जिल्ला शिक्षा समन्वय एकाइले मर्ज गर्न खोजे पनि बागिश्वरीले विद्यार्थी दिएपछि मर्ज रोकिएको छ । 

ज्ञानसागर प्रजापति, संयोजक शैक्षिक सुधार समन्वय समिति
समितिले तीनवटै विद्यालयलाई आइपर्ने समस्या समाधानको बाटो खोज्ने, अतिरिक्त क्रियाकलाप गर्ने र क्यालेन्डर लागू गराउन भूमिका खेल्नेछ । यसले तीनवटै विद्यालयको भलो हुनेछ । बागिश्वरीले छिमेकी दुई माविलाई विद्यार्थी पठाएर सहयोग गर्न थालिसकेको छ । यस्तै, सरस्वती विद्यागृहले बागिश्वरी र दत्तात्रयलाई खेलमैदान र अन्य क्रियाकलाप गर्ने ठाउँ उपलब्ध गराउँदै आएको छ । दत्तात्रय माविले आवश्यक परेकावेला विद्यालय भवन प्रयोग गर्न दिने गरेको छ ।

ad
ad