१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o९:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

स्वास्थ्य संस्थामा सुत्केरी गराएपछि शिशु मृत्युदर शून्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:o४:oo

बाँकेको नरैनापुर गाउँपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी गराउने संख्या वृद्धि भएपछि नवजात शिशु मृत्युदर शून्यमा झरेको छ । गर्भवतीले स्वास्थ्य मापदण्डअनुसार नियमित रूपमा गर्भ जाँच गराउने र स्वास्थ्य संस्थामा प्रसूति गराउन थालेपछि शिशु मृत्युदर शून्यमा झरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए ।

नरैनापुरमा आर्थिक वर्ष ०७७/७८ मा १० र आव ०७८/०७९ मा दुई नवजात शिशुको मृत्यु भएको थियो । तर, ०७९/८० मा नवजात शिशुको मृत्यु नभएको उनले बताए । नरैनापुरमा स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलाको संख्या बढेको छ । गत आर्थिक वर्षमा एक हजार दुई सय ८१ जनाले स्वास्थ्य संस्थामा प्रसूति गराएका छन् । आव ०७८/७९ मा नरैनापुरका एक हजार दुई सय ४९ जनाले स्वास्थ्य संस्थामा बच्चा जन्माएका थिए । गाउँपालिकाभित्र रहेका ६ वटा स्वास्थ्य संस्थामध्ये सवैभन्दा धेरै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रले सुत्केरी सेवा दिएको छ । 

लक्ष्मणपुरमा दुई सय ८८ जनाले प्रसूति सेवा लिएका छन् । नरैनापुर स्वास्थ्यचौकीमा दुई सय ८५, मटेहिया स्वास्थ्यचौकीमा दुई सय ३०, गंगापुर स्वास्थ्यचौकीमा एक सय ८४, कटकुइँया स्वास्थ्यचौकीमा एक सय ४८ जना र कालाफाँटा स्वास्थ्यचौकीमा एक सय १० ले प्रसूति गराएका छन् । आर्थिक वर्ष ०७७/७८ मा पाँच तथा आव ०७८/७९ र आव ०७९/८० मा एक–एकजना सुत्केरी मृत्यु भएको छ । 

नियमित गर्भ जाँच गराउने बढे
नियमित रूपमा चारपटक गर्भ जाँच गराउनेको संख्या बढेको छ । नरैनापुरमा ८७.२० प्रतिशतले नियमित जाँच गराएको स्वास्थ्य शाखाले जनाएको छ । साहले भने, ‘पहिले स्वास्थ्य संस्थामा आउन करकाप गर्नुपथ्र्यो, अहिले हामीले भन्नुपर्दैन, आफूखुसी आउनेको संख्या बढ्दो छ ।’ बाँकेको सुदूरपूर्वमा पर्ने नरैनापुरमा मधेसी र मुस्लिम समुदायको बाहुल्य रहेको छ । गर्भवतीले नियमित जाँच गराएपछि कुपोषित जन्मिने बच्चामा पनि कमी आएको छ । गत आवमा ७.८ प्रतिशत र आव ०७८/७९ मा ९.१ प्रतिशत कम तौल भएका जन्मिएका थिए । गत आवमा कम तौलका ७.८ प्रतिशत बच्चा जन्मिएको तथ्यांक छ ।

ad
ad